धरान/  लुक्ला विमानस्थलमा दुर्घटनामा परेको गोमा एयरका पाइलटको उपचारका क्रममा निधन भएको छ ।लुक्ला अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

पाइलट पारस कुमार राइको उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।कार्गो विमान अवतरणका क्रममा रुखमा ठोकिएर दुर्घटनामा परेको थियो ।

काठमाडौंबाट कार्गो लिएर गएको विमान अवतरणका क्रममा रुखमा ठोकिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । जहाज दुई टुक्रा भएको छ ।