धरान/धावनमार्ग नजिकै रुखमा ठोकिन्न पुगेको गोमा एयरको ९-एनकेए कले साईन भएको विमान शनिवार लुक्ला विमानस्थलमा दुर्घटना हुन पुगेको छ । भाच्चिएर दुई टुक्रा भएको विमानमा रहेका तीनै चालक, सहचालक र परिचालिको उद्धार गरिए पनि उपचारका क्रममा चालक पारसक राई र सहचालक सुजन मानन्धरको मृत्यु भएको छ । परिचारिकका प्रज्ञा मर्हजन घाईते छिन् । राईको अपराह्न र मानन्धरको राति अबेर निधएको भएको हो । घाईतेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने अबेरसम्म्को प्रयास खराव मौसमका कारण सफल हुन सकेन । काठमाडौंबाट लुक्लाको लागि उडेको विमान अवतरण गर्ने क्रममा धावनमार्ग नपुग्दै डिलमा रहेको सल्लाको रुखमा ठोक्किएर धावनमार्गको तारजाली नजिकैबाट १० मिटर जति तल खसेको प्रत्यक्षदशी डिमाटी शेर्पाले बताएको खबर आजको कान्तिपुरमा छ ।