धरान/प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका प्रस्तावकले नै अघि नबढाउन निवेदन दिएका छन् । प्रमुख दलहरुबीच महाअभियोग फिर्ता लिने सहमति जुटेपछि प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्माले आइतबार सभामुखलाई निवेदन दिएका छन् । प्रस्ताव मीन र समर्थक टेकबहादुर बस्नेतको निवेदनमा भनिएको छ, ‘वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गरी हाल यो प्रस्ताव अघि नबढाउन अनुरोध गर्दैछौं ।’ सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुले बैशाख १७ गते प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । तर, त्यसविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएर अघि नबढाउन भनेको छ ।