विषालु च्याउ खाँदा एक जनाको मृत्यु
रामपुर (पाल्पा)/विषालु च्याउ खाँदा रामपुर नगरपालिका–३ गैलुकका ५२ वर्षीय टेकबहादुर मल्लको मृत्यु भएको छ ।
मल्लको शनिबार उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।
शुक्रबार साँझ जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा मल्लसहित १२ जना बिरामी परेका थिए । अन्य ११ जनाकोउपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस