वि.सं. २०७४ साल जेठ १५ गते। सोमबार। इश्वी सन् २०१७ मे २९ तारिख। नेपाल संवत् ११३७ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– चतुर्थी, १६:३० बजेउप्रान्त पञ्चमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बिहानको मिहिनेतले पछिसम्म फाइदा दिलाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। व्यापारमा विशेष फाइदाको योग छ। मध्याह्नपछि बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। व्यापार–व्यवसायमा पनि मनग्गे लाभ हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। तापनि बुद्धिको उपयोगले काम बन्न सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मध्याह्नदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। चिताएका काममा केही अवरोध आउनेछन्। खानपानको असन्तुलनले स्वास्थ्यमा समस्या आउन सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनाले मनग्गे लाभ होला। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउला। आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। मिहिनेत परे पनि श्रमको उचित मूल्यांकन हुनेछ। चिताएको काम सम्पादन हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अरूका काममा जुट्नुपरे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि धेरैले साथ दिनेछन्। जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम गर्दै अरूलाई प्रभावित पारेर लाभ उठाउने समय छ। प्रतिष्ठित कामले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्ने समय छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
केही समस्या देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। तत्काल लाभ नभए पनि सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। मिहिनेत गर्दा नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बिहानी रमाइलो रहनेछ। विभिन्न उपहार प्राप्त हुनाले मन प्रसन्न हुनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नपछि सानातिना समस्यामा अल्झनुपर्ला। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। श्रमको मूल्य थोरै मात्र प्राप्त होला। उपलब्धिका लागि धेरै मिहिनेत गर्नुपर्ला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रयत्न गर्दा मनग्गे लाभ उठाउन सकिनेछ। भौतिक साधन जुट्नाले काममा उत्साह जाग्नेछ। प्रतिद्वन्द्वीहरू पराजित हुनेछन्। मध्याह्नदेखि रमाइलो जमघटका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त होला। प्रियजनसँग भेटघाट हुनेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै लाभ हुनेछ। अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अस्वस्थताले काममा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मिहिनेतले मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषिबाट सामान्य लाभ मिल्नेछ। नियमित काम भने सम्पादन हुनेछन्। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
स्वास्थ्य कमजोर रहनेछ भने आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने समय छ। हिम्मत गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। (नेपाली पात्रो)