विजयपुर/युवा सङ्घको धरान–१६ र एमालेको धरान–१६ कमिटीले गणतन्त्र दिवसको अवसर पारेर सोमबार रक्तदान कार्यक्रम गरेका छन् । धरान–१६ स्थित गण्ोशमान चोकमा आयोजित कार्यक्रममा ७३ युनिट रगत सङ्कलन भएको थियो ।

कार्यक्रममा सांसद् कृष्णकुमार राईले विकास र समृद्धि चाहने परिपक्व नेतालाई विजयी गराउन आग्रह गरे । उनले गफ गर्नेभन्दा काम गर्ने पार्टीलाई भोट दिन आग्रह गरे । कार्यक्रममा बोल्दै एमालेबाट धरान–१६ का वडाध्यक्षका उम्मेदवार दिलकुमार गिरीले धरान–१६ लाई नमुना वडाको रूपमा विकास गर्ने भिजन आपूmले बनाएको बताए ।

युवा सङ्घ धरानका अध्यक्ष राजेन्द्र राईको उपस्थिति रहेको कार्यक्रमको संयोजन सङ्घका धरान–१६ का संयोजक सुदन केसीले गरेका थिए । कार्यक्रमको अध्यक्षता वडा इन्चार्ज परशुराम मगरले गरेका थिए ।

सोही कार्यक्रममा काङ्ग्रेस परित्याग गर्दै तरुण दलका पूर्वक्षेत्रीय उपसभापति तिलक राई ‘काजी’ को नेतृत्वमा २ सय ९ जना युवाले एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूका तर्पबाट बोल्दै सञ्जीव भट्टराईले एमालेले लिएको नीतिले मात्र युवाको भाग्य र भविष्य बन्ने भएकाले एमालेमा सङ्गठित भएको बताए ।