धरान/ प्रेस चौतारी नेपाल धरान उपमहानगर कमिटीले धरानका २० वटै वडाको प्रचारका लागि ‘हटलाइन सेवा’ सुरु गर्ने भएको छ । धरानका २० वटै वडामा हुने गतिविधिलाई सञ्चारमाध्यमसम्म सम्प्रेषण गर्न ९८५२०५६५२६ नम्बरको हटलाइन नम्बर सुरु गर्ने भएको हो ।
हटलाइनमा एमालेका निर्वाचनसम्बन्धि गतिविधि टिपाउन र जानकारी लिन प्रभावकारी हुने प्रेस चौतारी धरानले जनाएको छ । प्रेस चौतारी केन्द्रीय कमिटीको निर्देशनलाई मध्यनजर गर्दै स्थानीय तहको निर्वाचनमा प्रचार गर्न २० वटै वडालाई समेटने गरी प्रचारका योजना समेत बनाउने प्रेस चौतारी नेपाल धरान उपमहानगर कमिटीका अध्यक्ष योगेशबाबु काफ्लेले बताए ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता भित्र रहेर निर्वाचनका कार्यक्रमलाई रचनात्मक रुपमा प्रचार गरी योजना तय गरेको अध्यक्ष काफ्लेले बताए ।
कार्यक्रमअन्र्तगत मंगलबारदेखि हरेक दुई दिनमा पत्रकार सम्मलेन गरी गतिविधिलाई सार्बजनिक गर्ने तयारी गरिएको काफ्लेको भनाइ छ । प्रेस चौतारी सुनसरीका अध्यक्ष देवेन्द्र कार्कीले सुनसरी भरिका स्थानीय तहमा प्रभावकारी रूपमा एमालेको चुनावी प्रचार अभियानमा समन्वय गर्न सर्कुलर गरिएको जानकारी दिए ।
अहिले धरानमा प्रेस चौतारी धरान उपमहानगर कमिटीले निर्वाचनलाई मध्यनजर गर्दै एमालेको साप्ताहिक मुखपत्र ‘श्री सूर्य’ प्रकाशन गरिरहेको छ ।