धरान/कक्षा ११ को परीक्षा पुनः सर्ने भएको छ । स्थानीय तहको निर्वाचनका कारण पछिल्लोपटक ८ असारदेखि हुने गरी कार्यतालिका सार्वजनिक गरेकामा स्थानीय निर्वाचन ९ असारमा हुने भएपछि परीक्षा सर्ने भएको हो ।
स्थानीय चुनावका कारण २४ वैशाखको परीक्षा १ असारदेखि सञ्चालन हुने गरी समय सारिएको थियो । चारवटा प्रदेशमा ३१ जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि कक्षा ११ को परीक्षा ८ असारदेखि हुने गरी सारिएको थियो ।
चार प्रदेशको निर्वाचन ९ असारमा हुने भएपछि ८ असारदेखि हुने भनिएको परीक्षा केही दिन सर्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव डा.डिल्लीराम रिमालले बताए । यसअघि ८ देखि १८ असारसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।