शनिश्चरे/राजनीतिक हिसावले चर्चाको क्षेत्रमा पर्ने झापाको दमक नगरमा नेकपा एमालेले नगर प्रमुख, उपप्रमुखका साथै सबै वडाका वडाध्यक्ष र वडासदस्यका उम्मेदवारको नामावली घोषणा गरेको छ ।
सोमबार पत्रकार सम्मेलनमार्फत गरिएको उम्मेदवारको नामावली घोषणा कार्यक्रममा निर्वाचन मुल परिचालन समिति संयोजक अर्जुन राई, पार्टीका नगर अध्यक्ष तथा निर्वाचन मुल परिचालन समिति सचिव बोधप्रसाद घिमिरेका साथै जिल्ला नेता सुमित्रा भण्डारी लगायतले उम्मेदवारहरूलाई खादा पहिर्याएर स्वागत गरेका छन् ।
सो अवसरमा नगर प्रमुखका उम्मेदवार रोमनाथ ओली, उपप्रमुखको उम्मेदवार गीता अधिकारीका साथै १० वटा वडाका वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र २ खुला सदस्य गरी ५२ जना उम्मेदवारको नाम सार्वजनिक गरी उनीहरूलाई विजयको शुभकामना प्रदान गरिएको छ ।
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने दमक नगरको चुनावलाई सवैले चासोका साथ हेर्ने गरेका छन् ।
दमकमा एमालेका उम्मेदवारको घोषणा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































