रविन भट्टराई/ताप्लेजुङको सिदिङवा गाउँपालिका ३ स्थित भित्रि सडक खण्डमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा सहचालककको ज्यान गएको छ ।

साब्लाखुबाट आङखोपतर्फ किराना सामान लिएर जाँदे गरेको मे १ ज ४२१५ नम्बरको पिकअप कच्चि तथा हिलो बाटोको कारण अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

दुर्घटनामा पिकअपका सहचालक तेह्रथुम घर भएका अन्दाजी २३ बर्षिय कुमार डाँगीलाइ सोहि पिकअपले किचि घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी साब्लाखुले जनाएको छ । पिकअपका चालक श्याम प्रसाद तामाङलाई प्रहरीले नियन्त्रणम लिएको छ ।