धरानमा एकैठाउँबाट ७ जना गाँजासहित पक्राउ
धरान/विशेष सूराकीको आधारमा प्रहरीले पब्लिक स्कुलको मुन्तिरको गेट नजिकबाट ७ जना लागूऔषध प्रयोगकर्ताहरुलाई गाँजासहित पक्राउ गरेको छ ।
सोमबार साँझ सवा ४ बजेतिर पोका–पोका बनाएको अवस्थामा गाँजासहित प्रहरीले युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु धरानका विभिन्न वडाका छन् । धरान–१५ का प्रेम भुजेल र काले भुजेल छन् । त्यस्तै धरान–१० का डेन्जी शेर्पा र एवान परियार रहेका छन् ।
धरान–१२ का सञ्जिव परियार र विजु परियार रहेका छन् । त्यस्तै धरान–४ का दीपक मरिकलाई एकसाथ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
उनीहरुको साथबाट पोका पोका बनाएको अवस्थामा २ सय ग्राम गाँजा बरामद गरेको छ । उनीहरुलाई मंगलबार म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।
यसैबीच धरान–१५ बसपार्क क्षेत्रबाट एक युवालाई ८ सेट लागूऔषधसहित सोमबार साँझ नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१५ का रोहन भनिने चक्रमान राई रहेका छन् । उनलाई पनि म्याद थप गरी अनुन्धान सुरु गरिएको डिएसपी खतिवडाले बताए । सबैलाई डेल्टा अप्रेसनमार्फत् पक्राउ गरिएको प्रहरीले बताएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































