धरान/युनिभर्सल आइकन सिजन–२ को ग्राण्ड फिनाले आज (शुक्रबार) बीपी प्रतिष्ठानको दसरा हलमा हुँदै छ । बैसाख ५ गतेबाट सुरु भएको प्रतियोगिताको नृत्य र गायनमा ८–८ जना फाइनल स्पर्धामा रहेका छन् । नृत्य र गायनकै विजेताले जनही नगद ५०–५० हजार रुपैयासहित धरान आदर्शमामा पूर्ण छात्रवृति प्राप्त गर्ने छन् । माध्यामिक शिक्षा परीक्षा –एसईई) दिएर बसेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले टप युनिभर्सलले गतवर्षदेखि प्रतियोगिता गराउँदै आएको छ । प्रतियोगिताको फाइलनमा गायनमा अनुपा राई, जमुना राई, सुमन नेपाली, अलिसा राई, सेरिना राई, समिक्षा लिम्बू, असिम तामाङ र रुपेश खाती छन् । नृत्यमा रोजिना सुब्बा, विजय मगर, स्नेहा केसी, जेम्स श्रेष्ठ, विष्णु मगर, जुनु दर्नाल, विविसा लावती र जुनु राई रहेका छन् । उनीहरुलाई गायनमा गायिका प्रश्ना शाक्यले मूख्य निर्णायकको भूमिका निर्वाह गरिहेकी छन् भने नृत्यमा प्रसान्त तामाङले गरिरहेका छन् । यता टाइटल तर्फ पब्लिक च्वाइस, बेष्ट पर्सनालिटी, बेष्ट फ्रेण्डसिपलगायतमा प्राप्त गर्ने छन् । उनीहरुले जनही नगद १०–१० हजार रुपैया प्राप्त गर्ने छन् । आइकनले यसपटक झापाको विर्तामोड, दमक, सुनसरीको इटहरी, इनरुवा, र धरानमा अडिसन गर्दै छनौट गरेको थियो ।