वि.सं. २०७४ साल जेठ २७ गते। शनिबार। इश्वी सन् २०१७ जुन १० तारिख। नेपाल संवत् ११३७ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– प्रतिपदा, १९:५८ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ। श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्यामा परिएला। बलजफ्तीले मात्र काम सफल नहुन सक्छ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा लाभ लिने समय छ। धेरैको मन लोभ्याउने प्रगति हासिल हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। व्यवसायले यात्रा गर्ने अवसर दिलाउन सक्छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ। अरूको वचन टाल्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काममा सामान्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू बढ्नाले समस्या थपिएला। तापनि, लगनशीलताले नयाँ अवसर दिलाउन सक्छ। ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ला। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। आँटले काम लिँदा बिस्तारै फाइदा हुनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। कृषि तथा पशु व्यवसायबाट लाभ हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। आमाको सहयोगले काम बनाउन सकिनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताइरहनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षित फाइदा नहुन सक्छ। दाजुभाइमा असमझदारी देखापर्न सक्छ। सोखले खर्च गराउने समय भएकाले उठेको आम्दानी सञ्चय गर्न नसकिएला। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम हातपार्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) केही खर्च भए पनि काममा लगानी बढाउने समय छ। तत्काल उद्देश्य भने पूरा नहुन सक्छ। सोखले खर्च बढाउनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफन्तजनबाट टाढिनुपर्ला। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। तापनि चिताएको काम सम्पादन गर्न सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानी बढ्नाले काममा उत्साह जाग्नेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। तर, तत्काल फाइदा उठाउँदा सञ्चित लाभांश घट्न सक्छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूले दु:ख दिन सक्छन्, सजग रहनुहोला। (नेपाली पात्रो)