ट्रक पल्टिँदा पाँचजना घाइते
धादिङ/उत्तरी धादिङको आँखुखोलाबाट बालुवा बोकी खनियाँवास गाउँपालिकाको सत्यदेवी जान लागेको ना ५ ख ८८५४ नंको स्वराज ट्रक पल्टिँदा पाँचजना घाइते भएका छन् ।
आज साँझ ६ बजे भएको दुर्घटनामा घाइते भएका पाँचजनामध्ये एकजना खनियाँवास गाउँपालिका वडा नं ४ निवासी २४ वर्षीया सुनिता रिजालको अवस्था गम्भीर रहेको छ ।
खनियाँवास गाउँपालिका–४ को किम्वाङ फेदीमा ट्रक पल्टेर बाटोबाट १० मिटर तल खसेको थियो । प्रहरीका अनुसार घाइतेहरुको किम्वाङफेदीस्थित नेत्रावती हेल्थकेयर नामक स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































