विजयपुर/धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट दक्ष चिकित्सकहरु प्रतिष्ठान छाड्ने मनस्थितीमा पुगेका छन् । प्रतिष्ठानका उपकुलपती प्राडा राजकुमार रौनियारको हेपाहा प्रबृतीका कारण चिकित्सकहरुले काम गर्ने वातावरण नभएको भन्दै प्रतिष्ठान छाड्ने मनस्थितीमा पुगेका छन् ।
उनीहरुले ब्यक्तगत कारण देखाएपनि काम गर्ने वातावरण अस्पताल प्रशासनबाट नै भनएको भन्दै प्रतिष्ठान छाड्ने अबस्थामा पुगको प्रतिष्ठानकै एक चिकित्सकले बताए । प्रतिष्ठानमा कार्यरत पुराना तथा दक्ष चिकित्सकहरुलाई उपकुलपती प्राडा रौनियारले ‘इन्सल्ट’ गर्न थालेपछि चिकित्सकहरु राजिनामा दिन थालेका हुन् ।
प्रतिष्ठानमा कार्यारत चिकित्सकहरुले निजी अस्पतालमा जती सेवा सुबिधा नपाएपनि शिक्षण र अनुसन्धानपनि हुने भएकाले प्रतिष्ठानमा काम गर्ने गरेका छन् । तर प्रतिष्ठानको उपकुलपतीमा नियुक्ति भए लगत्तै प्राडा रौनियारले ‘राम्रा’ लाई भन्दापनि हाम्रालाई चलाउन थालेपछि प्रतिष्ठान भित्र ‘इगो’को समस्या समेत सुरु भएको प्रतिष्ठानका चिकित्सकहरु बताउछन् ।
प्रतिष्ठानका बिभिन्न बिभागमा प्रमुख तथा उप्रमुख नियुक्तिमा समेत सिनियरलाई छाडेर जुनियरलाई नियुक्ति गर्न थालेपछि काम गर्न वातावरण बिग्रिएको छ प्रतिष्ठानका एक चिकित्सकले भने ‘जुनियरको अन्डरमा सिनियर डाक्टरहरुले काम गर्ने कुरा आउदैन ।
प्रतिष्ठानका उपकुलपती प्राडा रौनियारले प्रतिष्ठानका बिभिन्न संकायमा नियुक्ति र कार्यक्रम सञ्चालनमा ‘चाकडी गर्ने र कमिसन दिने’लाई प्राथमिकता दिएको भन्दै अहिले प्रतिष्ठान भित्र असन्तुष्टि बढेको छ ।
अहिले प्रतिष्ठानका राम्रो चिकित्सकहरु प्रतिष्ठान छाडेर जाने मानसिकतामा छन् एक चिकित्सकले भने युरोलोजीका बिषेशज्ञ डा. सुधिर सिंह,न्युरोलोजीका डा.गुणराज पौडेल,कार्डियोलोजीका डा.प्रशान्त शाह तथा हाडजोर्निका बिषेशज्ञ डा.पशुपती चौधरी प्रतिष्ठान छाड्ने मनस्थितीमा छाडेका छन् । प्रतिष्ठानका पुर्व उपकुलपती प्राडा वीपी दाशको पहलमा युरोलोजीका बिषेशज्ञ डा. सुधिर सिंह,न्युरोलोजीका डा.गुणराज पौडेल,कार्डियोलोजीका डा.प्रशान्त शाहलाई प्रतिष्ठानमा ल्याएका थिए ।
हाडजोर्निका प्राडा पशुपती चौधरी पहिले देखिनै प्रतिष्ठानमा कार्यरत थिए ।डेपुटी अस्पताल निर्देशक तथा प्रतिष्ठानको प्रबक्ताको रुपमा सफल कार्यकाल बिताएका चौधरीपनि प्रतिष्ठानमा काम गर्ने वातावरण बिग्रीएको भन्दै प्रतिष्ठान छाड्ने सोचमा पुगेका छन् ।‘हामीले बनाउन खोजे जस्तो प्रतिष्ठान बन्न नसक्ने अबस्था आउदैछ,सबैको काम गर्ने मनोबल घट्न थालेको छ’ उनले भने ‘अब प्रतिष्ठानलाई कस्तो बनाउने भन्ने निर्णय धरानबासिमा पनि छ ।
युरोलोजीका बिषेशज्ञ डा. सुधिर सिंह,न्युरोलोजीका डा.गुणराज पौडेल,कार्डियोलोजीका डा.प्रशान्त शाह बिरामी माझ प्रिय मानिन्छन् । प्रतिष्ठानमा सेवा सुरु गरेको छोटो अबधिमै डा.सिह,पौडेल र शाह बिरामीहरुको पहिलो रोजाईमा पर्न थालेका छन् ।
‘यदी उहाँहरुले प्रतिष्ठान छाडेको खण्डमा बिरामीले उपचारकालागि अन्यत्र जानु पर्ने अबस्था त आउछ नै प्रतिष्ठानमा उहाँहरुले सञ्चालन गर्नु भएका फ्याकल्टी र रिसर्चपनि रोकिन्छ ।
’यस बिषयमा जानकारी लिन प्रतिष्ठानका उपकुलपती प्राडा राजकुमार रौनियारलाई पटक पटक सम्पर्क गर्दापनि फोन उठाएनन् । पछिल्लो समय उनले सञ्चारकर्मिको फोन उठाउन छाडेका छन् । प्रतिष्ठानकै एक कर्मचारीको बिषयमा एक टेलिभिजनले निरन्तर फलोअप गरेपछि उनले सञ्चारकर्मिको फोन उठाउन छाडेका हुन् । कारबाहीमा परेकालाई प्राथमिकता त्यसो त प्रतिष्ठानमा उपकुलपती नियुक्तको प्रकृयाबाटै असन्तुटि बढेको र्पाइन्छ । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले प्रतिष्ठानकै रेडियोलोजी बिभागको सञ्चालन गर्न नसकेको तथा प्रशासनलाई असहयोग गरेको आरोपका कारबाही गरिएका तत्कालिन बिभागिय प्रमुख प्राडा राजकुमार रौनियारलाई उपकुलतीमा नियुक्ति गरेपछि प्रतिष्ठान भित्र ‘द्धन्द’सुरु भएको थियो ।
उपकुलपती हुन आर्थिक चलखेल गरेको आरोप समेत लागेका रौनियारको पछिल्लो कार्यशैली समेत ‘आर्थिक रुपमा केन्द्रित’ हुन थालेको कर्मचारीहरु बताउछन् ।
उनले डेपुटी अस्पताल निर्देशकमा काङग्रेश नेता डा. मिनेन्द्र रिजालका नातामा भाई पर्ने प्रतिष्ठानको गाइनोक्लोजी बिभागका डा.पप्पु रिजाललाई डेपुटी अस्पताल निर्देशकमा नियुक्ति गरे सँग नेता रिजालकै आडमा आफु सँगै कारबाहीमा परेका तत्कालित पेड्रियटिक (बच्चा ) बिभागका बिभागिय प्रमुख डा. गौरिशंकर शाहलाई अस्ताल निर्देशक बनाउन प्रस्ताब गरेको श्रोतले बताएको छ ।
तर तत्कालिन स्वाथ्यमन्त्री गगन थापाले कुनै निर्णय नगरेपछि रौनियारले डा. शाहलाई डाइरेक्टर बनाउन सकेका छैनन । श्रोतहरुले रौनियार उपकुलपती बन्दा डा. शाहले आर्थिक सहयोग गरेको दाबि गरेका छन् ।यस बिषयमा जानकारी लिन उपकुलपती राजकुमार रौनियारलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।