धरान/बलात्कारीलाइ प्रहरी हिरासतबाटै खोसेर मार्न खोजेका स्थानीयमाथि महोत्तरीमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । महोत्तरीको औरही गाउँपालिका २ फूलबरीयामा आइतवार साँझ २१ वर्षकी युवती वलात्कृत भएपछि बलात्कारको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको थियाे ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक शम्भू पोखरेलका अनुसार आइतवार साँझ एक जनालाई प्रहरीले पक्राउ गरेपछि स्थानीय र पीडितका आफन्तहरु प्रहरी कार्यालय घेर्न पुगेका थिए ।
प्रहरी नियन्त्रणमा रहेका ती युवालाई त्यहाँबाट थुतेर स्थानीयले मार्ने कोशिश गरेका थिए । प्रहरीले युवालाई त्यहाँबाट थुत्न नदिएपछि स्थानीयले ढुंगामुडा गरेका थिए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको थियो । स्थानीयले ढुंगामुडा गरेर तीन जना प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले फायर खोलेको थियो ।
बलात्कृत ती युवतीको उपचार भइरहेको छ । अहिले सम्म उनको होस खुलेको छैन । स्थानीयले सोमबार विहानैदेखि सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्