धनकुटा/ धनकुटा नगरपलिका-१० स्थित हिले-छिन्ताङ् सडक खण्डमा सोमबार हिलेबाट छिन्ताङ्ग जादै गरेको को १ ज २०७७ नम्बरको बलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य ११ जना घाइते भएका छन्। साँझ ५ बजे भएको उक्त दुर्घटनामा बलेरोमा सवार १५ जना यात्रु मध्ये धनकुटा नगरपलिका- ९ बस्ने अन्दाजी ७० बर्षिय तुलाराम बरालको घट्ना स्थलमै मृत्यु भएको छ। साथै धनकुटा खाल्सा छिन्ताङ्ग सहिदभुमी-४ बस्ने ६७ बर्षिया अरुमाया राई, धनकुटा नगरपलिका-५ बस्ने ८५ बर्षिय देउध्वज राई, सोही ठाउँकी २० बर्षिया सुजता राई, निर्मला राई, ५८ बर्षिय हरी प्रसाद राई, ५६ बर्षिय डम्बर बहादुर राई, धनकुटा नगरपलिका-६ बस्ने ६० बर्षिया लक्ष्मी राई, धनकुटा नगरपलिका-४ बस्ने २९ बर्षिय प्रेम बहादुर राई, ३१ बर्षिय बिश्व राई र नामथर वतन नखुलेको २ जना महिला घाइते भएका छन्। घाइते सबैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने बलेरोका चालक फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्ररही कार्यालय धनकुटाले जनाएको छ।