वि.सं. २०७४ साल असार १ गते। बिहीबार। इश्वी सन् २०१७ जुन १५ तारिख। नेपाल संवत् ११३७ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– षष्ठी, २४:५३ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।) बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) विभिन्न अवसर प्राप्त भए पनि पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्ला। ठूलो भागको मोहले पाउने निश्चय भएको वस्तुसमेत गुम्न सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। संघर्षमा उत्रनुपरे पनि काम बन्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तर अरूकै काममा समय खर्चनुपर्ला। कामको चापले जीवनशैली व्यस्त रहनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्चनुपर्ला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्ना काम अवरुद्ध बन्न सक्छन्। बलजफ्तीले काम बिग्रन सक्छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) अरूका लागि बुद्धि खर्चनुपर्ला। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। आफ्नो श्रमबाट अरूले फाइदा उठाउलान्। नयाँ काम थाल्न समय पर्खनुहोला। रकम अभाव देखिए पनि तत्कालको समस्या टर्नेछ। प्रतिफल अनिश्चित रहे पनि गरी आएका कामलाई निरन्तरता दिन सकिनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। सुविधाका लागि खर्च गर्नुपर्ने देखिन्छ। साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नाले अर्थअभाव समेत देखा पर्ने सम्भावना छ। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ। कसैको वचन टाल्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काममा सामान्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू बढ्नाले केही समस्या थपिन सक्छ। तापनि, लगनशीलताले अवसर दिलाउन सक्छ। ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ला। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मिहिनेतले मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषिबाट सामान्य लाभ मिल्नेछ। सन्तान तथा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। नियमित काम भने सम्पादन हुनेछन्। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोगले जटिल ठानिएको काम समेत सम्पादन होला। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मनको डरले तर्साए पनि व्यवहारमा फाइदा हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन केही संघर्षसमेत गर्नुपर्ला। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। ईर्ष्या गर्नेहरू प्रतिस्पर्धामा उत्रन सक्छन्। तापनि मिहिनेतले केही अवसर दिलाउनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। ईर्ष्या गर्नेहरूले सताउलान्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। केही खर्च बढे पनि धैर्यसाथ गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) आफ्नै बेहोसीले नोक्सान पुर्याउला। सोखले फजुल खर्च बढाउन सक्छ। काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त होला। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। (नेपाली पात्रो)