अख्तियारले ६२ करोड घोटला गरेको अभियोगमा यातायातका कर्मचारीलाई विशेष अदालतमा मुद्दा
इटहरी । इटहरी स्थित अञ्चल यातायात कार्यालय, कोशीका कर्मचारीहरुले राजस्व हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले ८ जना सरकारी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनियमिततामा मुछिएका नायव सुब्बा सुरेश अधिकारीसहित ८ जनाविरुद्ध झण्डै ६२ करोड बराबरको अनियमितता गरेको ठहर गर्दै मुद्दा दायर गर्न लागिएको अख्तियार स्रोतले जनाएको छ ।
यातायात कार्यालयबाट उठेको राजस्व अनियमिततामा उनीहरुको संलग्नता रहेको बताइएको छ । अख्तियार स्रोत अनुसार केही पूर्व कार्यालय प्रमुखसहित प्रशासन, लेखा र कम्प्युटर फाँटमा काम गर्ने कर्मचारी यो मुद्दामा तानिने भएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































