वि.सं. २०७४ साल असार ५ गते। सोमबार। इश्वी सन् २०१७ जुन १९ तारिख।नेपाल संवत् ११३७ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– दशमी, २०:२५ बजेउप्रान्त एकादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। तापनि बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मध्याह्नदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। चिताएका काममा केही अवरोध आउनेछन्। खानपानको असन्तुलनले स्वास्थ्यमा पनि समस्या आउन सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। कामबाट मनग्य लाभ मिल्नेछ। विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ। तर, मध्याह्नदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। ऋणभार भने बढ्ने सम्भावना छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आफ्नै बेहोसीले काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। व्यापारमा लाभांश कममात्र मिल्नेछ। नयाँ योजनामा समय पर्खनुहोला। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ भने आम्दानी बढ्ने काम प्रारम्भ गर्ने मौका छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूका काममा समय खर्चनुपरे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले केही काम भने अवश्यै बन्नेछन्।मध्याह्नदेखि जिम्मेवारी हात पार्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्ने समय छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
काम बिग्रने भयले सताउनेछ। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि केही अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। परोपकारजन्य क्रियाकलापमा मन जानेछ। मिहिनेत गर्दा भाग्यले साथ दिनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
भौतिक साधनमा लगानी परे पनि मिहिनेत गर्दा दिगो फाइदा जुट्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। संघर्षपश्चात् अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसरका साथै अतिथिका रूपमा सम्मान समेत पाइनेछ। तर, अरूका विषयमा चासो लिने बानीले समस्या निम्त्याउला। आफ्ना सूचना बाहिरिनाले दु:ख पाइनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। हल्लाको भर पर्दा दुस्ख पाइनेछ भने मिहिनेत गर्दा बिस्तारै प्रगति हुनेछ। मध्याह्नदेखि विघ्नबाधाहरू हट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि केही बाधा आउला। तापनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा दिगो फाइदा हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउला। अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्नेछन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिन सक्छन्। चिताएको काम बिग्रने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, बिस्तारै दिन उत्साहपूर्ण हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनेछ। (नेपाली पात्रो)