वि.सं. २०७४ साल असार १५ गते। बिहीबार। इश्वी सन् २०१७ जुन २९ तारिख। नेपाल संवत् ११३७ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– षष्ठी, २२:२७ बजेउप्रान्त सप्तमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। प्रयत्न गर्दा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। प्रक्रियाका लागि काम दोहोर्याउनुपरे पनि अन्तत: फाइदा उठाउन सकिनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। उद्योग र कृषिमा केही समस्या देखापर्न सक्छन्। तापनि समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। मिहिनेतले उत्साह जगाउनेछ भने व्यापारमा पनि फाइदै हुनेछ। काम पूरा नभए पनि आंशिक सफलता मिल्नेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। नयाँ जिम्मेवारी समेत बढ्न सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ। दिगो आम्दानी हुने काम हातपार्न सकिनेछ। मान-सम्मान समेत प्राप्त हुने समय छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
खर्च बढ्नेछ र पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। समय दिन नसक्दा काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। उठ्नुपर्ने रकम हातलागी नहुनाले अर्थ अभाव देखा पर्न सक्छ। बलजफ्ती गर्ने बानीले वादविवाद निम्त्याउनेछ। साथीभाइ टाढिन सक्छन्। फाइदाका पछि लाग्दा उल्टै नोक्सान बेहोर्नुपर्ला। यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आयआर्जनका स्रोत बढ्नेछन् र सामान्य फाइदा पनि हुनेछ। तर सरसापटमा धन बाहिरिने समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। लाभांश बाहिरिनाले अर्थअभाव देखा पर्नेछ। भैपरी आउने समस्याले पनि चिन्ता बढाउन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि दिगो काममा लगानी गर्ने मौका जुट्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
श्रमको पूरा मूल्य प्राप्त नभए पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। कीर्तिमानी काम प्रारम्भ हुनेछ र आंशिक फाइदा पनि हुनेछ। मिहिनेत गर्दा धन आर्जन हुनेछ। निरन्तर लागिपर्दा आँटेको काम बन्न सक्छ। आवश्यकता पूरा हुनेछन् भने व्यापार तथा दिगो काममा लगानी गर्ने मौका छ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मिहिनेत गर्दा लक्ष्यमा पुग्न सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। अधुरा काम समेत सम्पादन हुनेछन् भने विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले महत्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। भाग्यले साथ दिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सफल भइनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मनोरञ्जन तथा भौतिक सुविधाले केही खर्च निम्त्याउन सक्छ। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ हुनेछ। तर असंयम व्यवहारले आलोचित बन्नुपर्ला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आलस्य गर्ने बानीले समस्या निम्त्याउला। परिश्रमको फलमाथि अरूले दाबी गर्न सक्छन्। तर, मिहिनेत गर्दा प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। विगतका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुपर्ला। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। (नेपाली पात्रो