शनिश्चरे/झापाको दमक नगर क्षेत्रमा उम्मेदवारले बराबरी मत ल्याएको विषयको विवाद बल्झिदा शनिबार पुन मतगणना कार्य अगाडि बढ्न सकेको छैन । त्यहाँको वडा नम्बर १ मा नेकपा एमालेका हरि न्यौपाने र राप्रपाका तारा अधिकारीको मत बराबर भएपछि उन्पन्न विवाद दुवैको पुन मतगणना गर्ने सहमतिमा टुंगिएपनि शनिबार पुन विवाद बढेको छ । दुई पार्टीका वडाध्यक्षको मात्र पुन मतगणना गर्ने विषयमा शुक्रबारको सर्वदलीय बैठकले सहमति गरेको थियो । तर शनिबार पुन मतगणना थाल्न लाग्दा एमाले बाहेकका अन्य दलले दुई दलको मात्र नभई सवै दलका वडाध्यक्षको पुन मतगणना गर्नुपर्ने जिकिर गरेपछि विवादित वडाको मतगणना अझै हुन नसकेको निर्वाचन अधिकृत वेदप्रसाद फुयाँलले बताए । वडा नम्बर २ को भनें मतगणना जारी रहेको उनले जनाए ।
दमकमा फेरि मतगणना विवाद

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।