वि.सं. २०७४ साल असार २१ गते। बुधबार। इश्वी सन् २०१७ जुलाई ५ तारिख। नेपाल संवत् ११३७ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– द्वादशी, २७:१७ बजेउप्रान्त त्रयोदशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा बिग्रिएको काम सच्याउन सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
नजिककासँग असमझदारी बढ्नाले काममा बाधा हुनेछ। बलजफ्ती गर्दा पुरानो सम्झौता भंग हुन सक्छ। आफ्नै अहंकारले आत्मसम्मानमा आघात पुर्याउन सक्छ। पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना छ। तापनि मिहिनेत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा नाफा-घाटा बराबरी हुनेछ। वादविवादमा अघि नबढ्नुहोला। शुभचिन्तकहरूको साथ दिनेछन्।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। परिस्थितिवश आँटेका काम रोकिन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। प्रतिस्पर्धीहरूबाट सजग रहनुपर्ला। योजना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। लामो यात्रा व्यवस्थापन गर्न खर्च बढ्नेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदा उठाउन सकिनेछ। अधिकारका लागि भने संघर्षमा जुट्नुपर्ला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। प्रतिष्ठित काम गर्दै फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
घरेलु समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। परिवारमा आमाको सहयोगबाट विशेष फाइदा मिल्नेछ। आफन्तको साथ जुट्नेछ। सम्झौताले उत्साह जगाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। तर बेसुरमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। उद्योग र कृषिमा केही समस्या देखापर्न सक्छन्। तापनि समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। मिहिनेतले उत्साह जगाउनेछ भने व्यापारमा पनि फाइदै हुनेछ। काम पूरा नभए पनि आंशिक सफलता मिल्नेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। मान–सम्मान पाइनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आयआर्जनका स्रोत बढ्नेछन् र सामान्य फाइदा पनि हुनेछ। तर सरसापटमा धन बाहिरिने समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। लाभांश बाहिरिनाले अर्थअभाव देखा पर्नेछ। भैपरी आउने समस्याले पनि चिन्ता बढाउन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि दिगो काममा लगानी गर्ने मौका जुट्नेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। आफ्नो प्रतिफलमाथि अरूले दाबी गर्ने हुँदा सजग रहनुहोला। लगनशीलताले भविष्यका लागि विशेष काममा जग बसाउने मौका दिलाउनेछ। श्रमको पूरा मूल्य प्राप्त नभए पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा कीर्तिमानी काम प्रारम्भ हुनेछ र आंशिक फाइदा पनि हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ। (नेपाली पात्रो