सुशान्त सिंह राजपूतकी एक्स गर्लफ्रेन्ड अंकिता लोखन्डे चाँडै बलीउड फिल्ममा डेब्यू गर्दैछिन् । कंगना रनोटको फिल्म 'मणिकर्णिका–द क्वीन अफ झांसी'मा अंकिताले मुख्य भूमिका निर्वाहा गर्दैछिन् । 'कृष' डाइरेक्शनको निर्माणमा तयार भैरहेको यो फिल्ममा अंकिता झलकारी बाईको भूमिका निर्वाहा गर्दैछिन्, जो रानी लक्ष्मीबाईको निकै नजिक हुन्छिन् । आफ्नो भूमिकाको विषयमा अंकिताले भनिन्, 'मैँले झलकारीको बारेमा यसअघि कहिँले सुनेको थिइन् तर निकै खुशी छु कि म यो भूमिका निर्वाहा गर्दैछु ।' अंकिता टिभी शो 'पवित्र रिश्ता' बाट चर्चित भएकी थिइन् । यो शोबाट हात झिकेको तीन वर्षपछि अंकिताले बलीउड फिल्ममा डेब्यू गर्न लागेकी हुन् ।