धनकुटा/ जिल्लाको साविक आँखिसल्ला गाविस वडा नंं.७ खाल्सा छिन्ताङ शहिद भुमी गाउँ कार्यपालिका घर भएका मृगौला पिडित वर्ष ५४ कि धनकुमारी राईको उपचारको लागी हिलेवासी स्थानिय युवाहरुले आर्थिक सहयोग जुटाई दिएका छन् । दुवै मृगौला फेल भैसकेका आँखिसल्ला घर भै हाल धनकुटा नगरपालिका वडा नं.१ हिले बजारमा डेरा गरि बस्ने वर्ष ६५ का भिम बहादुर राईका श्रीमती वर्ष ५४ कि धनकुमारी राई स्वास्थ्य उपचारको लागी स्थानिय युवाहारुले आर्थिक सहयोग जुटाई दिएका हुन् । हिलेका युवा व्यावसायीहरु राज रायमाझी, अम्वर तितुङ तामाङ लगायतको पहलमा हिलेको कुवापानी, विचवजार, सिरान वजार र रिङ्गरोड लगायतका स्थानवाट नगद संकलन गरि २ लाख, ५ हजार रुपयाँ प्रदान गरिएका आर्थिक सहयोग संकलन अभियानका अगुवा राज रायमाझीले बताएका छन् । मृगौला पिडित राइको दुवै मृगौलाले काम नगर्ने र मृगौला प्रत्यारोपण गर्दा पनि धेरै रकम लाग्ने भएपछि सहयोग जुटाएको रकमले नियमित डायलोसिश गर्न प्रदान गरिएको रायमाझीले बताएका छन् । आर्थिक रुपमा विपन्न राईको हप्तामा एक पटक विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डायलोसिश गरिदै आएको बताइएको छ ।

मृगौला प्रत्यरोपण गर्न थप आवश्याक रकम समेत संकलन गर्ने प्रयास भैरहेको युवाहरुले बताएका छन् । पिडित राईको ३ छोरा र ३ छोरी रहेका छन् । दैनिक रुपमा मजदुरी गरि खाने राई परिवारको अर्थिक अवस्था अत्यान्त्यै नाजुक भएका कारण उपचारमा समश्या आएको बताईको छ ।