धरानमा राप्रपा र संघीय फाेरमकाे सून्य उपस्थिति
धरान/देशको चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र त्यस्तै संघीय समाजवादी फोरमले पनि धरानको कुनै पनि वडाहरुमा आफ्नो उपस्थिति देखाउन सकेको छैन् ।
राप्रपाले वडागत रुपमा मात्रै हैन, मेयर उपमेयर पदमा पनि सन्तोषजनक भोट ल्याउन नसकेको हो । मेयरका उम्मेदवार तारा शाक्यले जम्मा ३४६ मत प्राप्त गरेकी थिइन् भने उपमेयरका उम्मेदवार प्रकाश राईले ५०४ मत प्राप्त गरेका थिए । राप्रपाका नगर अध्यक्ष जुद्ध लोहनीले पार्टी भित्रै अन्तरघात भएको कारण उम्मेदवारहरुले न्युन मत प्राप्त गरेको बताए ।
उनका अनुसार धरानमा करिव ३५ सय भन्दा बढी मत राप्रपाको रहेको छ । त्यस्तै ८ वटा दलहरुसँग गठबन्धन गरेको संघीय समाजवादी पार्टीले समेत कुनै पनि वडाहरुमा आफ्नो उपस्थिति देखाउन सकेन । उपमेयरमा उठेका पारस काङमाङ राईले गठबन्धन अधिराज्यव्यापी रुपमै पनि फापेको नदेखिएको बताउँदै धरानको सन्दर्भमा पनि पार्टीहरु इमान्दारिता नदेखाएको बताए । उनले माओवादी केन्द्रबाट १० प्रतिशत भोट पनि नआएको आरोप लगाए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































