रङ्गेली/ पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरमा प्रहरी जवान पदका लागी भएकोे भर्ना छनौट परीक्षामा सहभागी ३ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा क्षेत्रीय अनुसन्धान समूह (आर.आइ.टी.) ले नक्कली परीक्षार्थी पक्राउ गरेको हो ।
प्रहरी जवान पदकोलागी दरखास्त दिएका धरान उपमहानगरपालिका –२० बस्ने दर्ता नम्बर ५६७ का १९ बर्षिय अक्षय कुमार राईको स्थानमा परिक्षा दिन आएका सोही स्थान बस्ने २१ बर्षिय आर.बी. राईलाई परीक्षा केन्द्रमा प्रबेश गरी परीक्षाका पहिलो चरणको विभिन्न विधाहरुमा सहभागी हुँदै गर्दा पक्राउ गरिएको हो ।
त्यस्तै आर. राईसमेत स्वयम प्रशिक्षार्थी रहेको र उनको २३७ दर्ता नम्बरमा सुनसरी धरान – २० का अन्दाजी २७ बर्षिय आनन्द राई सोमबार नै परीक्षामा सहभागी भएको अनुसन्धानबाट खुलेपछी उनलाई आफ्नै घर वतनमा लुकीरहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
शारिरिक रुपमा केहि कमजोर रहेका अक्षयले आफू परिक्षा स्थल बाहीर बसी आफ्नो सट्टामा आर.बि. राईलाई परीक्षा दिन पठाएको गोप्य सुचना प्राप्त भए पश्चात निग्रानी बढाएको क्षेत्रीय अनुसन्धान समूहले उनलाई परीक्षा स्थलबाट नै पक्राउ गरेको हो ।
अक्षय राइलाई भने परीक्षा स्थल बाहीरै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरीएको हो । पक्राउ परेका तीनैजनालाई कानूनी कारवाहीकोलागी ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ ।