-
Home
-
मनोरञ्जन
-
‘म यस्तो गीत गाउँछु’ कि ‘सायद २’, कुन हेर्ने ?
‘म यस्तो गीत गाउँछु’ कि ‘सायद २’, कुन हेर्ने ?
- असार ३०, २०७४
- ब्लाष्ट खबर
यस हप्ताको शुक्रवार दुई नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन् । वर्षको प्रतिक्षित फिल्मको रुपमा हेरिएको ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’ ले आज शुक्रवारबाट एकसाथ प्रदर्शन आरम्भ गरेका हुन् । गीतसंगीतका कारण पनि खुबै चर्चामा रहेका ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’ ले प्रचार–प्रसारमा पनि राम्रै दुःख गरेका छन् । अब हलमा भने दर्शकहरुको साथ कस्तो पाउनेछन् त्यसको रिजल्ट भने केही दिनमा नै थाहा हुनेछ ।
तर, अनौठो के छ भने दुवै फिल्म एउटै जनराका हुन् । ‘सायद २’ र ‘म यस्तो गीत गाउँछु’ दुवै लभस्टोरी फिल्म हुन् । युवापुस्ताका दर्शकलाई केन्द्रित गरेर निर्माण गरिएका यी दुवै फिल्म मल्टिप्लेक्समै झगडा गर्दैछन् । मल्टिप्लेक्समा यी दुवै फिल्मले लगभग बराबरी नै शो पाएका छन् भने सिंगलमा पनि दुवैलाई उतिक्कै हल संख्या छ ।
‘सायद २’ र ‘म यस्तो गीत गाउँछु’मा मल्टिप्लेक्स स्टार भएका कारण यी दुईको भिडन्त गज्जबकै हुने अनुमान लगाइएको छ । सिंगलमा पनि यी दुई फिल्मको भिडन्त रोचक हुनेमा शंका छैन । दुवै फिल्म प्रतिक्षित भएका कारण दर्शकहरु भने कुन फिल्म हेर्ने राम्रै दोधारमा परेका छन् । अब हेर्न यो बाँकी छ कि यी दुई फिल्म मध्ये कसले दर्शक आफ्नो पक्षमा बढी पार्न सफल हुनेछन् ।
यी दुई फिल्मसँग नेपालका मल्टिप्लेक्समा बलीउड फिल्म ुजग्गा जासुसुले प्रदर्शन सुरु गरेको छ । यस्तै, खगेन्द्र लामिछाने अभिनित फिल्म ‘धनपति’ आजबाट दोस्रो हप्तामा प्रदर्शन हुँदैछ ।
आउनुहोस्, दुई फिल्महरुबारे छोटकरीमा चर्चा गरौं :
‘सायद २’ ’
‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिर्टन्स’ जस्ता फिल्म निर्माण गरिसकेका सुनिल रावलले यो फिल्म निर्माण गरेका हुन् । ‘सायद’ फिल्मको सिक्वेल ‘सायद २’ लाई दुर्गिस फिल्मस्को ब्यानरले निर्माण गरेको हो। युवाहरुको कथावस्तमाथि तयार भएको ‘सायद २’लाई निर्देशक पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन्।
फिल्ममा सुशिल श्रेष्ठ, निशा कार्की, रुविना श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे र सुशिल सिटौला लगायतले अभिनय गरेका छन्। सिनेमेटोग्राफर राजु विक्रम थापाले फिल्म खिचेका हुन् । फिल्मको सम्पादन दिर्घ खड्का, द्धन्द्ध अष्ट महर्जन र कोरियोग्राफी गोविन्द राई र विक्रम स्वाँरले गरेका छन्।
‘म यस्तो गीत गाउँछु’
वर्ष २०७२ मा रिलिज भएको फिल्म ‘प्रेमगीत’मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म ‘म यस्तो गीत गाउँछु’लाई ‘प्रेमगीत’ फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्म ‘मेरो एउटा साथी छ’ देखि ‘प्रेमगीत’सम्म आइपुग्दा निर्देशक सुदर्शन थापा लभस्टोरी फिल्म निर्देशन गर्न माहिर देखिएका छन् ।
फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।
पल शाह र पूजा शर्माको जोडीलाई हेर्न बिहानैबाट काठमाण्डौका हलमा दर्शकको उपस्थिती सुखद देखिएको छ । गोपिकृष्णमा कृष्ण हल हाउसफूल भएपछि शिवायःमा पनि फिल्म लागेको हल संचालकले बताएका छन् । यस्तै, बिहानी शोमा अष्टनारायण, जय नेपालमा पनि दर्शकको उपस्थिती सुखद छ ।
नायिका पूजा शर्माले बिहान ९ बजेको शो जय नेपाल पुगेका दर्शकसँगै बसेर हेरेकी छिन् । सुदर्शन थापा निर्देशित यो फिल्मले प्रेमको कथा भन्छ ।