विजयपुर/धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले सोमबार पदभार ग्रहण गर्दै धरानका सुकुम्बासीहरुलाई घर नम्मर दिने निर्णय गरेका छन् ।
[caption id="attachment_49789" align="alignleft" width="507"] तस्बिर उपेन्द्र चाम्लिङ/ब्लाष्टखबर[/caption]उनले सुकुम्बासीहरुलाई जग्गा धनिपुर्जा बितरणका लागि कानुनी प्रकृया अगाडि बढाउन नगर सभाको बैठकमा प्रस्ताब पेश गरेका छन् । बिगत १५ बर्ष देखि खाली रहेको धरान उपमहानगरपालीकाको प्रमुखको कुर्सिमा बस्दै उनले धरानको बस पार्क निर्माणको कार्य थाल्ने प्रस्ताब समेत सदर गरेका छन् ।
धरानका सडक हरुमा रहेको खाल्डाखुल्डी पुर्न र सडकलाई र्ममत गर्न एक करोडको कोष बनाउने निर्णयपनि उनले सदर गरेका छन् । पहिलो निर्णयमा हस्ताक्षर गर्दै उनले स्थानिय तहको दोश्रो चरणको निर्वाचनमा मतदान गर्ने सम्पुर्ण मतदाताप्रति आभार पनि प्रकट गरेका छन् ।