विराटनगर/ मोरङमा आर्थिक वर्ष २०७३–०७४ मा मापसे सेवन गरि सवारी साधन चलाउने ६ सय ९९ जनाको लाइसेन्स जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले प्वाल पारेको छ । ट्राफिक प्रहरीले कारवाही स्वरुप मापसे सेवन गरि सवारी चलाउनेको लाइसेन्स प्वाल पारेको हो ।

पछिल्लो समय सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा वृद्धी हुन थालेपछि मापसे सेवन पनि प्रमुख कारण भएकाले मापसे सेवन गर्नेलाई पनि कारवाही गरेको मोरङका ट्राफिक प्रमुख मदन गिरीले बताए । उनले भने, ‘जिल्लाको सबै ठाउँमा साझ तिर चेक हुने गर्दछ ।’ मापेस सेवन गरि सवारी चलाए १ दिन थुनामा पर्ने र १ हजार रुपैयाँ जरिवाना र लाइसेन्स प्वाल पार्ने गरेको उनले बताए ।

उनका अनुसार ५ पटक सम्म लाइसेन्स प्वाल परे सो त खारेजमा पर्दछ । साझको समयमा मापेस गरेर सवारी चलाउने सबै क्षेत्रका व्यक्तिहरु परेको बताइएको छ ।

मोरङ ट्राफिकको अनुसार आर्थिक वर्षमा २०७३–०७४ मा मोरङमा ४ सय ३४ वटा सवारी दुर्घटना भएकोमा १ सय ४ जनाले ज्यान गुमाएको बताएको छ । त्यस्तै ट्राफिक प्रहरीले यस वर्ष ३३ हजार ८ सय ८३ वटा सवारी साधनलाई कारवाही गरि १ करोड ९९ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको बताएको छ ।

प्रहरीले सबैभन्दा बढी मोटसाईकललाई कारवाही गरेको छ । १६ हजार ३ सय १२ वटा मोटसाइकल कारबाही गरि १ करोड २३ लाख ८ हजार ९ सय रुपैयाँ संकलन गरेको छ ।