गित रिलिज भएको २४ घण्टा बित्न नपाउँदै फिल्म ’छक्का पञ्जा २’को गीत ’ए दाजु नसमाऊ नारीमा’ विवादमा आएको छ । प्रिन्स नेपाली नामका युवाले गीतको संगीतमा आफ्नो हजुरबुवा कान्छा मगर नेपालीको नाम नआएको भन्दै आपत्ति जनाएपछि विवादमा आएको हो । गीत रिलिज हुँदा संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम थियो ।

फिल्मका कलाकार तथा निर्माता दीपकराज गिरीले आफूले प्रिन्सकै अनुमतिमा फिल्ममा गीत राखे पनि आफ्नो हजुरबुवाको नाम नआउँदा चित्त दुखाएको बताएका छन । ’मैले फिल्मको लागि गीत खोजिरहेको थिएँ। गीतका लागि संगीतकार अल्मोडाकोमा पुगेको थिएँ। उनले मलाई धुन सुनाए ’दीपक राजले भने,’मलाई त्यो धुन मनपर्यो । अल्मोडालाई आग्रह गरेपछि उनले प्रिन्सलाई ’छक्का पञ्जा २’को लागि यो गीतको प्रस्ताव गरेपछि प्रिन्सले सहर्ष स्वीकार गरे । उनको यो गीत गाउने चाहना रहेछ । तर, अल्मोडाले गाएपछि रुष्ट भए ’

फिल्मको गीत रिलिजपछि मात्र विवाद देखिएको दाबी गर्दै दीपकले गीतको रिमिक्स गर्ने अधिकार प्रिन्सले दिनसक्ने संकेत गरे। ’अहिले गीत सार्वजनिक भएपछि उनलाई फेरी गाउन दिन सम्भव नभएको र भोलिका दिनमा उनले रिमिक्स गर्न चाहे भने त्यो अधिकार दिन सक्ने गिरीले बताए । गितको विषयमा अहिले अल्मोडा भारतमा रहेकाले उनि आएपछि थप कुरा प्रष्ट हुने गिरिले जानकारी दिए ।