सुस्मिताले फोन संवादमा आफू आधा घन्टामा उत्सवको अफिसमा आउने र पत्रकार रसाइलीको बाउको बिहे देखाउने भन्दै धम्की दिएकी छिन् । फोन संवाद अगाडि नायिका तथा निर्मात्रीले उत्सवको नाम मेन्सेन गर्दै स्टाटस लेखेकी थिइन् ।
विशेषगरि, उनले चलचित्र निर्माता संघ र चलचित्र कलाकार संघले एकसाथ बसेर निर्माता सुनिल रावल र नायिका स्यारोन श्रेष्ठविचको पछिल्लो समय चलिरहेको विवाद मिलाएपछि स्टाटस लेखेकी थिइन् । स्टाटसमा उनले ‘उत्सव बहिनी’ भन्दै सम्बोधन गरेकी थिइन् भने फेरि ‘सरी उत्सव भाइ’ लेखेकी थिइन् । उनै, सुस्मिताले आजै बिहान पत्रकार रसाइलीसँगको च्याटमा ‘यो रसाइली भनेको कुन जातको हो’ भनेर सोधेकी पनि थिइन् । सुस्मिताको यो क्रियाकलापको चर्को आलोचना भएपनि उनले पत्रकार रसाइलीलाई फोन गरेरै धम्की दिएपछि विवादले चर्को रुप लिने देखिएको छ । नायिका केसीले अर्की पत्रकार स्वस्तिका चिलवालको नाममा समेत स्टाटस लेख्दै उनीमाथि तल्लो स्तरको भाषा प्रयोग गरेकी छिन् ।
काण्डै काण्डले डुबाउँदैछ नेपाली चलचित्र
नेपाली चलचित्र पछिल्लो केही बर्षयता फक्रदै छ । चलचित्र क्षेत्रमा पढेलेखेका नायक-नायिकाको आगमन भैरहेको छ । चलचित्र निर्माणमा निर्मातादेखि सम्पूर्ण चलचित्रकर्मीले निकै मिहिनेत पनि गरिरहेका छन् । हलमा दर्शकहरुको संख्या पनि बढिरहेको छ । धेरै नेपाली चलचित्रले त बलिउड चलचित्रलाई नै विस्थापित गरेका छन् । यसैले, पनि चलचित्र क्षेत्रमा सुखद पलहरुको सुरुवात भैरहेको छ । तर, यस्तो अवस्थामा पछिल्लो एक महिनामा देखिएका काण्डै काण्डहरुले फेरि चलचित्र क्षेत्रको अवस्था कमजोर बनाइरहेको छ । अश्लिल भिडियो काण्डदेखि मोडलको नांगो तस्बिर सार्वजनिक हुँदै कास्टिङ काउचको कुराले चलचित्र क्षेत्रलाई बदनाम बनाउँदै लगेको छ । यसले फेरि एकपटक चलचित्र क्षेत्र भनेपछि मानिसहरुले नाक खुम्च्याउनुपर्ने अवस्था सिर्जित हुँदैछ । त्यसमाथि, एउटा जिम्मेवार र सिंगो देशले नै सम्मान गरेकी नायिका तथा निर्मात्रीले फेसबुकमा प्रस्तुत गरेका शब्दले आम दर्शकलाई झसंग बनाइदिएको छ । असन्तुष्टी व्यक्त गर्ने ठाउँ प्रशस्त हुनसक्छन् । समाचारमा चित्त नवुझेको खण्डमा विभिन्न निकायमा उजुरी गर्न पनि सकिन्छ । तर, सुस्मिताले आम मानिसले हेर्ने सामाजिक संजालमै यस्तो भाषा प्रयोग गर्दै पत्रकारलाई तुच्छ गाली गरिरहेकी थिइन् । उनै, केसीले आज फोन सम्पर्कमै तुच्छ भाषा प्रयोग गरेकी छिन् । चलचित्र क्षेत्रलाई बदनाम गर्ने अधिकार कसैलाइ पनि छैन । आफूलाई चलचित्रकर्मी भन्दै राज्यबाट सम्मान खोज्ने चलचित्रकर्मीले यो क्षेत्रमा आफूले गर्ने सानो भूलले पनि ठूलो असर पुग्छ भन्ने कुरालाई सोच्ने कि नसोच्ने रु यो बिषयमा विभिन्न संघसंस्थाहरुले पनि सोच्नुपर्ने बेला आइसकेको छ । हरेक बर्ष पिकनिकको आयोजना गर्ने कलाकार संघले अब कलाकारका लागि सचेतना कार्यक्रमको आयोजना गर्ने किन नगर्ने रु चलचित्र निर्माता संघदेखि अन्य संघ संस्थाले आ(आफ्ना सदस्यहरुलाई राखेर यस्तो बिषयमा बहस चलाउने कि नचलाउने ? यस्ता घटनाहरु बढ्दै जाने र सबैजना टुलुटुलु हेरेर बस्ने हो भने, चलचित्र क्षेत्रको बदनाम हुनेछ । यो बिषयमा फेरि एकपटक सबैले सोच्नुपर्ने बेला आएन र ?
अनलाइनखबरबाट