विजयपुर/धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कमजोर ब्यबस्थापनका कारण इन्डोस्कोपी र कोलोस्कोपी सेवा बन्द भएको महिनौ दिन भई सकेको छ ।इन्डोस्कोपी र कोलोस्कोपी सेवा बन्द हुदा सयौ बिरामीहरु अन्यत्र गएर सेवा लिन बाध्य भएका छन् । इन्डोस्कोपी र कोलोस्कोपी पेट र आन्द्रा सम्बन्धी जाँच गर्नै मिसन हुन् । प्रतिष्ठानका कर्मचारीहरुले प्रतिष्ठानमा इन्डोस्कोपी र कोलोस्कोपी मेसिन नभएकाले बिराटनगर पठाउने गरेका छन् ।
प्रतिष्ठानमा पुर्वी नेपालका दुर्गम ठाउ बाट निम्न आयस्तर भएका परिवारहरु सेवा लिन आउने गरेका छन् ।तर प्रतिष्ठानका पदाधिकारीहरु कमिसन र एक अर्कोको इगो चक्करमा लागेका कारण प्रतिष्ठानमा इन्डोस्कोपी र कोलोस्कोपीको मेसिन सञ्चालन हुन नसकेको प्रतिष्ठानकै कर्मचारीहरु बताउछन् ।
प्रतिष्ठानको नयाँ उपकुलपती र अस्पताल निर्देशक प्रतिष्ठानमा कसरी राम्रो काम गर्ने भन्दापनि कसरी बढी कमाउने भन्ने चक्करमा लागका कारण प्रतिष्ठानमा यस्तो समस्या आएको प्रतिष्ठान प्रशासनका एक कर्मचारीले बताए ।इन्डोस्कोपी र कोलोस्कोपी मेसिन बनाउन बढिमा सात दिन लाग्छ तर यहाँ त झण्डै चार महिना भई सकेको छ ति कर्मचारीले भने अब नयाँ मेसिन किन्ने र कमिसनको चक्करमा लाग्ने खेल सुरु हुन सक्छ ।प्रतिष्ठानमा १२ सय मा हुने कामलाई निजीमा अस्पतालमा गएर १२ हजार तिर्नु पर्ने अबस्था आएको धनकुटाबाट पेटको उपचार गर्न प्रतिष्ठान आएका टेकबहादुर बिष्टले बताए ।
यस्तै अबस्था हो भेन प्रतिष्ठानप्रतिले जनताको बिश्वास गुमाउछ उनले भने । प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरिशंकर अग्रवालले भने इन्डोस्कोपी मेसिन केहि दिन भित्रमा मर्मत भएर आउने बताए । ‘हामीले मर्मतका लागि इन्जीनियर बोलाएका छौ,यसलाई केहि दिनमै ठिक गरेर सञ्चालनमा ल्याउछौ उनले भने । आफुहरुले काम सम्हाल्नु भन्दा अगाडि नै मेसिन बिग्रिएको अबस्थामा भएकाले आफु आएपछि मर्मतको प्रकृया थालेको उनले बताए ।
कमिसनको चक्करमा आफुहरु नलागेको भन्दै उनले आफ्नो सफाय दिए ।हामी राम्रो काम गर्न खोजी रहेका छौ केहि दिन भित्रमा इन्डोस्कोपी र कोरोस्कोपी मेसिन बन्छ,ओपीडीको क्युलेस सिस्टमपनि सुर हुन्छ निर्देशक शाहले भने ।उनले प्रतिष्ठानबाट पाउने सुबिधा बाहेका अन्य कुने लाभ लिने काम नगरेको बताए ।स्मरणीय छ वीपी प्रतिष्ठानमा अहिले दैनिक २ हजार सम्म बिरामी उपचारकालागि आउने गरेका छन् ।