शनिश्चरे/झापाको बिर्तामोडमा स्वाइनफ्लुको संक्रमणबाट २ महिलाको ज्यान गएको छ ।बिर्तामोड–१ की ३७ वर्षिया मनिषा अग्रवाल र बिर्तामोड ४ की ४७ वर्षिया अनीतादेवी मित्ततलको भारतको एपोलो अस्पतालमा ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले बताए । परिवारका सदस्यले बताएको लक्षण र अस्पतालको रिपोर्ट अनुसार दुवैको स्वायन फ्लुबाट ज्यान गएको कुरा आएको उनले उल्लेख गरे । उनले मित्तलको साउन १ गते अग्रवालको चाँहि १५ गते मृत्यु भएको जानकारी प्राप्त भएको जनाए ।जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले मृतकको घरपरिवारलाई भेटी त्यसबारे थप अनुसन्धान थालेको छ । दुवैको ल्याव रिपोर्ट समेत हेर्न भनें बाँकी रहेको छ । ‘ परिवारका सदस्यले बताए अनुसार स्वायनफ्लूबाट ज्यान गएको रिपोर्टमा लेखिएको भन्ने कुरा छ । दुवै जनाको रिपोर्ट मगाएका छौं । त्यो अध्ययन गर्छाैं । तर काठमाडौंमा समेत स्वाइनफ्लू देखा परेकाले यता पनि सतर्क रहन सवैलाई अनुरोध छ ।’ सो घटनाका बारेमा थप बुझ्न बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बुधबार बैठक बसी डाक्टर दुर्योधन यादवको संयोजकत्वमा ४ सदस्यीय अनुसन्धान टोली गठन भएको छ । त्यसबारेमा विहीबारदेखि नै अनुसन्धान थाल्ने र नगरपालिका, जिल्ला जनस्वाथ्य कार्यालय र स्वास्थ्य मन्त्रालयमा रिर्पोट बुझाइने उल्लेख छ ।हाँस सहितका चराचुरुंगीबाट सर्ने स्वायनफ्लूबाट त्यसबाट जोगिनका लागि सतर्कता अपनाउन थालिएको छ ।