वि.सं. २०७४ साल साउन २१ गते। शनिबार। इश्वी सन् २०१७ अगस्ट ५ तारिख। नेपाल संवत् ११३७ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– त्रयोदशी, २०:२९ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनाले काम बन्न सक्छ। चुनौती देखिए पनि साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। भेटघाटले उत्साह बढाउला। फाइदा कमै भए पनि तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। अर्थ अभावले अलि सताउन सक्छ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। विवादास्पद जिम्मेवारीले पनि चुनौती निम्त्याउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। पहिलेकै समस्या दोहोरिन सक्छन्। स्वास्थ्य-उपचारमा खर्च बढ्नेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। परिस्थितिसँग सम्झौता गरेरै भए पनि पछिका लागि सोच्नुपर्ने देखिन्छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा जोगिएर काम गर्नुहोला। आर्थिक रूपमा कममात्र फाइदा हुनेछ। कामबाट तत्काल लाभ नहुन सक्छ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मिहिनेतले मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषिबाट सामान्य लाभ मिल्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) घरेलु समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। परिवारमा आमाको सहयोगबाट फाइदा मिल्नेछ। काममा आफन्तको साथ जुट्नेछ। सम्झौताले उत्साह जगाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। तर बेसुरमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। दाजुभाइका तर्फबाट अपेक्षित फाइदा प्राप्त नहुन सक्छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) केही खर्च लागे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका साथीभाइ टाढिए पनि नयाँ साथीभाइ फेला पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यवसायमा लगानी बढाउन सकिनेछ। वैदेशिक व्यापार तथा रोजगारीमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रयास गर्दा फाइदा हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) धेरै आम्दानी नभए पनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। सहयोगी जुट्नाले काममा उत्साह जाग्नेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको प्रतिफल हातपार्न केही समय लाग्नेछ। तत्काल लाभ नभए पनि मिहिनेतले नाम र प्रतिष्ठा दिलाउन सक्छ। सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। सामान्य अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ने हुन सक्छ। (नेपाली पात्रो)