काठमाडौं/ चलचित्र प्राविधिक संघ (नेफ्टा) बाढीपीडितलाई राहत संकलनमा जुटेको छ ।

चलचित्र विकास बोर्ड निवर्तमान अध्यक्ष राजकुमार राई, निर्देशक मिलन चाम्स, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता रमेश बुढाथोकी, नेफ्टा अध्यक्ष पुष्कर लामा सहभागि र्यालीले बागबजार क्षेत्रमा बुधबार राहत रकम संकलन गरेका थियो ।

पहिलो दिन ३५ हजार रुपैयाँ संकलन एको र उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा बचत गरिने अध्यक्ष लामाले बताए ।

यसैसाता तराईका २६ जिल्लामा आएको बाढीमा सयभन्दा बढीको मृत्यु भएको थियो ।

बाह्रखरीबाट