धरानमा लागूऔषधसहित एक समातिए
धरान/धरान–८ तिनकुने चेकपोष्टबाट धरान प्रहरीले लागूऔषधसहित एकजनालाई समातेको छ ।
प्रहरीले चेकजाँचको क्रममा धरान–१२ का पून्य भुजेललाई पक्राउ गरेको हो । उनको साथबाट लुपिजेसिक ११ एम्पुल, डाइजोलोपाम ११ एम्पुल र एभिल ११ एम्पुल बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
बरामद लागूऔषधसहित भुजेललाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































