धरान/धरानस्थित वीपी कोइरालामा अज्ञात रोगवाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै ६ देखि १४ वर्षको बालवालिका रहेका छन् ।

[caption id="attachment_53213" align="alignleft" width="501"] फायल फाेटाे[/caption]

उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले बताए । ज्वरो आएर आएको हुन्छ, हामीले डाइग्नोसिस गर्न नपाउंदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक–दुई घण्टा मै मृत्यु भईहाल्छ । हामीले अहिले सम्म रोगबारे थाहा पाउन सकेका छैनौ उनले भने ।

स्क्रफटाइफस, डेंगु, हान्टा भाइरस जस्तै कुनै कमन हुनसक्छ तर हामीले परीक्षण गर्नै नपाई तत्कालै विरामीको मृत्यु भईहाल्छ । भाइरल हेमोरेजिक फिभर हुनसक्ने डा. पौडेलले बताए ।

साउन १५  देखी भदौ १ गते भित्र ती बच्चाहरु प्रतिष्ठानको पेडियाट्रिक इमरजेन्सीमा उपचारका लागि ल्याइएका थिए । मृतकहरु राजु कार्की इटहरी–१० सुनसरी, प्रितीकुमारी चौधरी कन्चनपुर–१० सप्तरी, प्रशान्त राई थोकशिला–९ उदयपुर र विकल्प राई धरान–१७, सुनसरी रहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए । प्रतिष्ठानले काठमाण्डौंको टेकुस्थित इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको छ ।