विजयपुर/विग इभेन्ट नेपालको आयोजनामा यहि भाद्र २६ गते सम्पन्न हुन लागेको मिस प्लस टुको वन्द प्रशिक्षण शनिवार देखि सुरु भएको छ ।धरान १५ स्थित होटल इजि राइर्डसको हलमा आयोजित वन्द प्रशिक्षणको पहिलो दिन अविभावक भेटघाट तथा अन्तरक्रिया वाट सुरु गरिएको मिस प्लस टु प्रतियोगिताका संयोजक द्रोपध्वज राईले जानकारी गराए ।
प्रतियोगीतामा सहभागि प्रतियोगीले आफ्नो विद्यालय तथा अविभावक वाट अनिवार्य स्विकृत लिनु पर्ने नियम रहेकोले पनि पहिलो दिन अविभावक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखिएको उनले जनाए ।प्रशिक्षणको दोस्रो दिन देखि उनिहरुको व्यतित्व विकासका लागि विभिन्न विद्यामा प्रशिक्षण तथा तालिम दिइने विग इभेन्ट नेपालका सचिव दिपेन्द्र निरौलाले जनाए ।
उनका अनुसार सहभागि प्रतियोगिहरुलाई फिटनेस, व्यतिmत्व विकास, र्यामवक, उदघोषण, टेवल सिष्टचार, फोटोग्राफि, आधारभुत पत्रकारीता विषयसंगै महिला अधिकार तथा महिला स्वस्थ्य समस्यावारे पनि प्रशिक्षण दिइने छ । सवै प्रशिक्षणहरु विषय अनुसारका विज्ञहरु वाट गराइने पनि आयोजकले जनाएको छ ।
वन्द प्रशिक्षणको उद्घाटनमा राइडर्स ग्रुप अफ कंपनि का अध्यक्ष तथा विगइभेन्ट नेपालका सल्लाहकार लोक खापुङ, सल्लाहकार मनि राई, डिजे ललित, तथा मोडल रोसिमारानि राई लगायतको उपस्थिती रहेको थियो । तस्विर उपलब्ध छ ।