विजयपुर/धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने एमडीएस तर्फ २०१७ को कार्यक्रमका बिषयमा परेको रिटमा विराटनगरस्थित उच्च अदालतले अन्तिम फैसला गरेको छ ।
रिटको बिषयमा फैसला गर्दै उच्च अदालतले एमडि एमएस २०१७ को प्रबेश परिक्षा सञ्चालन गर्न आदेश दिएको छ । प्रतिष्ठानले सन् २०१७को एमडिएमएस तर्फ बिदेशी बिद्यार्थीकालागि छुट्याएको २० ओटा सिटको प्रबेश परिक्षाबाट आठ जना बिद्यार्थी छनौट भएका थिए ।
बाकी १२ सिटका लागि पुनः प्रबेश परिक्षा लिने बिषयमा प्रतिष्ठानका रेक्टरको अध्यक्षतामा रहने प्रबेश परिक्षा समिती र कार्यकारीणी समितीको निर्णय अनुसार प्रतिष्ठानले बिदेशी बिद्यार्थीका बाकी १२ ओटा कोटामा पुनः प्रबेश परिक्षा लिने प्रकृया थालेको थियो ।
त्यसका बिरुद्धमा तानीयाँ दाश सहित अन्य दुई बिद्यार्थीले पुनः प्रबेश परिक्षा लिने प्रकृया कानुन सम्बत नभएको भन्दै बिराटनगर स्थित उच्च अदालतमा रिट हालेका थिए ।
रिट हाल्ने बिद्यार्थी तानीयाँ दाश प्रतिष्ठानका पुर्व उपकुलपती प्राडा वीपी दाशकी छोरी हुन् ।गत सोमबार उच्च अदालतले बिदेशी बिद्यार्थीका लागि छुट्टयाइएको कोटामा पुनः प्रबेश परिक्षा लिन पाउने फैसला गरेसँगै प्रतिष्ठानले त्यसको प्रकृया समेत सुरु गरेको छ ।
यो कोटामा पढ्ने विदेशी बिद्यार्थीहरुबाट प्रतिष्ठानले झण्डै १७ करोड आय हुने देखिन्छ ।प्रतिष्ठानले नेपाल मेडिकल काउन्सिलले दिएको स्वीकृती अनुसार नै बिद्यार्थी भर्ना लिने गरेको प्रतिष्ठानका उपकुलपती प्राडा राजकुमार रौनियारले बताए ।
सम्मानीत अदालतले गरेको फैसलाले प्रतिष्ठानलाई थप सृदृढ गर्ने अवसर मिलेको छ रौनियारले भने,प्रतिष्ठानको शौक्षिक कार्यक्रममालाई थप गुणस्तरीय बनाउदै जाने उनले बताए ।
स्मरण रहोस धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान चिकित्सकिय शिक्षा अध्ययनका लागि दक्षिय एसियाको उत्कृष्ट बिश्वबिद्यालयको रुपमा चिनिन्छ ।