तेह्रथुम/तेह्रथुम जिल्लामा औषधीको अभाब भए पछि बिरामीहरुलाई उपचारमा समस्या भएको छ । भाईरलका विरामी धेरै भए पनि जिल्लाका बिभिन्न स्वास्थ्य सस्थाहरुमा औषधीको अभाब भए पछि बिरामीहरुलाई उपचारमा समस्या भएको हो ।
पछिल्लो समय बिभिन्न वडाहरुमा भाईरल ज्वरोले बिरामी हुनेहरुको सख्या अत्यधीक रहे पनि स्वास्थ्य सस्थाहरुमा औषधी नहुदा बिरामीहरुको उपचार गर्न समस्या भएको स्वास्थ्य चौकीका प्रमुखहरुले बताए ।
भाईरल ज्वरोको प्रकोप बढेको स्थानमा औषधी सहित स्वास्थ्य टोली पठाउनु पर्ने भए पनि जिल्ला अस्पतालकै स्टोरमा औषधी सकिएकोले स्वास्थ्यकर्मीको टोली पठाउन नसकिएको जिल्ला अस्पतालका डाक्टर मुक्तिनाथ साहले बताए । औषधी अभाब भएको बारे बिभाग र क्षेत्रमा जानकारी गराईएको भए पनि औषधी आई नपुगेको डाक्टर शाहकाले बताए ।
जिल्ला अस्पतालको ईमेरजेन्सी कक्षमा मात्र दैनिक सयौको सख्यामा बिरामीहरु उपचारका लागि आउने गरेको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालबाट ७० र स्वास्थ्य चौकीहरुबाट ३५ वटा औषधी निशुल्क बितरण गरिनु पर्ने भए पनि अहिले औषधी नभएकोले बिरामीहरुले फार्मेसीहरुबाट औषधी किन्नु पर्ने बाध्यता रहेको छ ।