गोरखा । हेलिकोप्टरमार्फत दुइजना गर्भवती महिलालाई उद्धार गरि काठमाण्डौ लगिएको छ । गोरखा धार्चे गाउँपालिका ६ काशिगाउँका दुई गर्भवती महिलाको मंगलबार विहान हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । काशिगाउँकी ३५ वर्षकी माइली गुरुङ र २६ वर्षकी कसमाया गुरुङलाई सिम्रिक हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको छेकम्पारका धावा लामाले जानकारी दिए । हेलीकोप्टर जिल्ला जनस्वास्थ्य कार्यालयको आग्रहमा उनै धावा साक्षी बसेर उडाइएको हा े। लगातार व्यथा लागेको र रगत बग्ने समस्याले गाउँमै सुत्केरी गराउन सम्भव नभएपछि हेलिकोप्टरमार्फत काठमाडौंको थापाथली हस्पिटलमा लगिएको धावाले टेलिफोनमा जानकारी दिए । गर्भवती महिलालाई चार्टर गर्न हेलिकोप्टरको भाडा एक लाख ६० हजार खर्च भएको पाइएको छ । खर्च नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आमा सुरक्षा कार्यक्रमले बेहोर्ने जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका नानीबाबु दानीले जानकारी दिए । यसअघि, पनि केरौँजा र चुम्चेतका महिलाहरु सुत्केरी हुन नसकेर छटपटाइरहेको अवस्थामा उनै धावाले जिल्ला जनस्वास्थ्य कार्यालयको आग्रहमा हेलिकोप्टरमार्फत उद्धार गरेका थिए ।