विजयपुर/मिस प्लस टु २०१२ का प्रतियोगिहरुलाई मङगलबार पत्रकारीता र सञ्चार सम्बन्धि प्रशिक्षण दिइएको छ । नेसनल एकेडेमी धरानको हलमा भएको प्रशिक्षणमा ब्लाष्ट टाईम्स दैनिकका सम्पादक तथा प्रबन्ध निर्देशक किशोरकुमार कार्किले प्रशिक्षण दिएका हुन् ।
विग इभेन्ट नेपालको आयोजनामा यहि भाद्र २६ गते सम्पन्न हुन लागेको मिस प्लस टुको वन्द प्रशिक्षण अहिले चलिरहेको छ ।उनिहरुको व्यतित्व विकासका लागि विभिन्न विद्यामा प्रशिक्षण तथा तालिम दिइने विग इभेन्ट नेपालका प्रचार संयोजक बिकास चाम्लिङ राईले जानकारी दिए ।
उनका अनुसार सहभागि प्रतियोगिहरुलाई फिटनेस, व्यतिmत्व विकास, र्यामवक, उदघोषण, टेवल सिष्टचार, फोटोग्राफि, आधारभुत पत्रकारीता विषयसंगै महिला अधिकार तथा महिला स्वस्थ्य समस्यावारे पनि प्रशिक्षण दिइएको छ । सवै प्रशिक्षणहरु विषय अनुसारका विज्ञहरु वाट गराइने पनि आयोजकले जनाएको छ ।