डढेलधुरा। बेवारिसे अवस्थामा रहेको ३० दशमलब ६४ क्यूफिट अवैध काठ बरामद गरिएको छ । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका– ४ कटालको गोजा खोलाबाट बेवारिसे अवस्थामा रहेको अवैध काठ बरामद गरिएको हो । सोमबार दिउँसो करिब ३ बजेतिर इलाका वन कार्यालय जोगबुडाले बेवारिसे अवस्थामा रहेको अवैध काठ बरामद गरेको जानकारी दिएको छ । विशेष सूचनाका अधारमा अवैध काठ बरामद गरेको इलाका वन कार्यालय जोगबुडाका प्रमुख चिरञ्जिवी थापा मगरले जानकारी दिए । कार्यालयबाट गएको टोलीले अवैध सालको काठ बरामद गरेर ल्याएको प्रमुख थापा मगरले बताए । काठ कसको हो भन्ने कुरा अहिले नखुलेको उनले बताएका छन । बरामद गरिएको काठलाई इलाका वन कार्यालय जोगबुडामा राखिएको छ ।