धरान/अल इण्डिया इन्सिच्युट (एम्स) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबीच ‘सुपर स्पेस्यालिटी सेवा’ आदान प्रदान गर्ने विषयको समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
[caption id="attachment_55384" align="alignnone" width="999"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
अल इण्डिया इन्सिच्युटका प्रा.डा. रणदीप गुलरिया र प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारबीच एमओयुमा हस्ताक्षर भएको हो । यसले प्रतिष्ठानलाई ‘डिएम, एमसिएच’ अध्यापनमा थप मद्दत पुग्ने छ । हाल अध्यापन भइरहेको डिएम तर्फ कार्डियोलोजी, न्युन्याट्रोलोजी र युरोलोजी बाहेकका न्युरोलोजी, पल्भन्योलोजी, सिटिभिएस, मुटु सर्जरी, स्पान सर्जरी, हेड एण्ड नेक सर्जरी, जिआई सर्जरी, नेफ्रोलोजी अध्यापनमा सहयोग पुग्ने छ ।
यी पढाईका लागि धरानका शिक्षक, विद्यार्थी, चिकित्सकहरुले अल इण्डिया इन्सिच्युटमा ‘सर्ट टर्म फेलोसिप’ (छोटो समयका लागि विद्वतवृति) को अवसर प्राप्त गर्ने उपकुलपति प्रा.डा. रौनियारले बताए । त्यस्तै यहाँका विद्याथी, शिक्षकहरुलाई तालिम, प्राविधिक ज्ञानहरुसमेत प्राप्त गर्न एमओयुले मद्दत गर्ने उनले बताए ।
त्यस्तै अल इण्डिया इन्सिच्युटका चिकित्सकहरु बेला बेलामा आएर यहाँ तालिम तथा प्राविधिक ज्ञानसमेत बाड्ने प्रा.डा. गुलरियाले बताए । उनले प्रतिष्ठानमा सुपरस्पेस्यालिटी सेवाको आवश्यकता रहेको समेत बताए । उपकुलपति प्रा.डा. रौनियारले प्रतिष्ठानमा सुपर स्पेस्यालिटी सेवा प्रवाह भएमा आफ्नो कार्यकाल भरी सून्य रेफरल सेन्टरको रुपमा प्रतिष्ठानलाई बनाउने तर्फ ध्यान दिने बताए ।
एमओयु हुनु अघि प्रतिष्ठानको २४ औं र जननेता बीपी कोइरालाको १०३ औं जन्मजयन्तीसमेत एकसाथ मनाइयो । प्रा.डा. गुलरियाले झण्डोत्तोलन गर्दै र बीपीको तस्बिरमा माल्यापर्ण गर्दै कार्यक्रमको प्रारम्भ गरिएको थियो । प्रा.डा. गुलरियाले ‘चिकित्सा सम्बन्धीको प्रवचन’ समेत दिएका थिए । त्यसक्रममा उपकुलपति रौनियारले शैक्षिक कोर्ष बढाउने, प्रतिष्ठानलाई पूर्वको मेडिकल हव बनाउने दाबी गरे । उनले कर्मचारी, शिक्षक तथा चिकित्सकहरुको तलव वृद्धिका लागि पहल गर्ने बताए । प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले आन्तरिक स्रोतबाट तलव वृद्धि गर्न गइरहेको बताए । उनले प्रतिष्ठानमा हाल वार्षिक अढाई अर्व वार्षिक बजेट रहेको बताउँदै ढेड अर्व तलव मै जाने बताए ।