तीनवर्षदेखि लाइफ केयर प्रतिष्ठान हातामा अवैद्यानिक रुपमा सञ्चालित पसललाई ‘कोठा खाली गर्न’ बारम्बार पत्राचार गरे पनि त्यसको जवाफ नदिने गरेको पाइएको हो । उक्त पसल हटाउनको लागि भन्दै प्रतिष्ठानले २५ वटा भन्दा बढी पत्राचार गरे पनि हालसम्म जवाफ नदिई सरकारको नीति कै उल्लघंन गरेको हो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले २०७२ सालमा ‘अस्पताल फार्मेसी निर्देशिका २०७२’ जारी गरेको थियो । जुन निर्देशिकामा अस्पतालले आफैले औषधि पसल सञ्चालन गर्दै विरामी तथा सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने उल्लेख गरेको थियो । सोही निर्देशिका बमोजिम नै प्रतिष्ठानलाई पनि मन्त्रालयले निर्देश गरेको थियो । तर, उक्त निर्णयको बर्खिलापमा लाइफ केयर हालसम्म पनि हटेको छैन् ।
लाइफ केयरले २०६८ साउन १ गतेदेखि २०७१ असार ३२ गतेसम्मको लागि ठेक्का पाएको थियो । त्यसयता प्रतिष्ठानले टेण्डर खुलाएको छैन् । तर, पनि लाइफ केयरले कोठा खाली गरेको छैन् । ‘खाली गर्नको लागि पटक पटक चिठी थमाइसकेका छौं ।’ प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले भने ।
उनका अनुसार सञ्चालक परिषद् (सिनेट) को बैठकबाट निर्णय गर्दै पत्राचारसमेत गरिसेको छौं ।
‘वहाँहरुलाई पटक पटक लिखित जानकारी गराइसकेका छौं ।’ उनले भने । स्वास्थ्य मन्त्रालयलेसमेत प्रतिष्ठानलाई आफै औषधि पसल सञ्चालन गर्नको लागि निर्देशनसमेत दिइसकेको छ । उपकुलपति रौनियारले आफूहरुलाई माथिबाटसमेत दवाव आइरहेको बताए । उनले प्रतिष्ठानसँग ‘ड्रग एण्ड थेरापेटिक कमिटी’ समेत रहेका र उक्त कमिटीले औषधि खरिद गर्दै त्यसको मूल्यसमेत तयारी गरिरहेको बताए ।
लाइफ केयरको ‘दादागिरी’ प्रति नेपाल औषधि व्यवसायी संघ कोशी अञ्चल इकाई समिति धरानले ‘गम्भीर ध्यानाकर्षण’ भएको भन्दै उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई ज्ञापन पत्र बुझाएको छ । सम्झौताको अवधि सकिए पनि प्रतिष्ठान हाता मै सञ्चालनमा आउनु दुखद् कुरा रहेको संघका अध्यक्ष मचेन लिम्बूले बताए । स्वास्थ्य मन्त्रालयले आफ्नै व्यवस्थापनमा औषधि बिक्री गर्ने भनिएता पनि उक्त कुरा कार्यान्वयन नभएकोले समितिको गम्भीर ध्यानाकर्षण भएको लिम्बूले जनाए ।
समितिले प्रतिष्ठानको रजिष्टार कार्यालय, रेक्टरको कार्यालय, अस्पताल निर्देशकको कार्यालय, औषधि व्यवसायी संघ र औषधी व्यवस्था विभाग विराटनगरलाई वोदार्थ गरेको छ । यता यस विषयमा बुझ्नको लागि पवन अग्रवाल तथा चेतन अग्रवाललाई बारम्बार फोन गरेका थियौं । पवन अग्रवालको फोन नलागे पनि चेतनको फोनमा सम्पर्क भए पनि फोन उठेन । लाइफकेयरद्वारा प्रतिष्ठानको पत्रलाई नै वेवास्ता
धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा सञ्चालित लाइफ केयर औषधि पसलले प्रतिष्ठानको पत्रलाई अटेर गर्दै सञ्चालन गर्ने गरेको पाइएको छ ।
तीनवर्षदेखि लाइफ केयर प्रतिष्ठान हातामा अवैद्यानिक रुपमा सञ्चालित पसललाई ‘कोठा खाली गर्न’ बारम्बार पत्राचार गरे पनि त्यसको जवाफ नदिने गरेको पाइएको हो । उक्त पसल हटाउनको लागि भन्दै प्रतिष्ठानले २५ वटा भन्दा बढी पत्राचार गरे पनि हालसम्म जवाफ नदिई सरकारको नीति कै उल्लघंन गरेको हो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले २०७२ सालमा ‘अस्पताल फार्मेसी निर्देशिका २०७२’ जारी गरेको थियो । जुन निर्देशिकामा अस्पतालले आफैले औषधि पसल सञ्चालन गर्दै विरामी तथा सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने उल्लेख गरेको थियो । सोही निर्देशिका बमोजिम नै प्रतिष्ठानलाई पनि मन्त्रालयले निर्देश गरेको थियो । तर, उक्त निर्णयको बर्खिलापमा लाइफ केयर हालसम्म पनि हटेको छैन् ।
लाइफ केयरले २०६८ साउन १ गतेदेखि २०७१ असार ३२ गतेसम्मको लागि ठेक्का पाएको थियो । त्यसयता प्रतिष्ठानले टेण्डर खुलाएको छैन् । तर, पनि लाइफ केयरले कोठा खाली गरेको छैन् । ‘खाली गर्नको लागि पटक पटक चिठी थमाइसकेका छौं ।’ प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले भने ।
उनका अनुसार सञ्चालक परिषद् (सिनेट) को बैठकबाट निर्णय गर्दै पत्राचारसमेत गरिसेको छौं ।
‘वहाँहरुलाई पटक पटक लिखित जानकारी गराइसकेका छौं ।’ उनले भने । स्वास्थ्य मन्त्रालयलेसमेत प्रतिष्ठानलाई आफै औषधि पसल सञ्चालन गर्नको लागि निर्देशनसमेत दिइसकेको छ । उपकुलपति रौनियारले आफूहरुलाई माथिबाटसमेत दवाव आइरहेको बताए । उनले प्रतिष्ठानसँग ‘ड्रग एण्ड थेरापेटिक कमिटी’ समेत रहेका र उक्त कमिटीले औषधि खरिद गर्दै त्यसको मूल्यसमेत तयारी गरिरहेको बताए ।
लाइफ केयरको ‘दादागिरी’ प्रति नेपाल औषधि व्यवसायी संघ कोशी अञ्चल इकाई समिति धरानले ‘गम्भीर ध्यानाकर्षण’ भएको भन्दै उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई ज्ञापन पत्र बुझाएको छ । सम्झौताको अवधि सकिए पनि प्रतिष्ठान हाता मै सञ्चालनमा आउनु दुखद् कुरा रहेको संघका अध्यक्ष मचेन लिम्बूले बताए । स्वास्थ्य मन्त्रालयले आफ्नै व्यवस्थापनमा औषधि बिक्री गर्ने भनिएता पनि उक्त कुरा कार्यान्वयन नभएकोले समितिको गम्भीर ध्यानाकर्षण भएको लिम्बूले जनाए ।
समितिले प्रतिष्ठानको रजिष्टार कार्यालय, रेक्टरको कार्यालय, अस्पताल निर्देशकको कार्यालय, औषधि व्यवसायी संघ र औषधी व्यवस्था विभाग विराटनगरलाई वोदार्थ गरेको छ । यता यस विषयमा बुझ्नको लागि पवन अग्रवाल तथा चेतन अग्रवाललाई बारम्बार फोन गरेका थियौं । पवन अग्रवालको फोन नलागे पनि चेतनको फोनमा सम्पर्क भए पनि फोन उठेन ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।