धरान/मिस प्लस टु पूर्वाञ्चलको ताज सिम्रन तुलाधरको शीरमा चढेको छ । उनले समकक्षी २४ स्पर्धीहरुलाई उछिन्दै मिस प्लस टु बनिन् ।
बिग इभेन्ट नेपालको आयोजनामा सोमबार राति धरानको सभागृहमा सम्पन्न प्रतियोगितामा फष्ट रनर अप विलम राई बनिन् । त्यस्तै सेकेण्ड रनरअप आरती बस्नेत बनिन् । विजेता बनेकी तुलाधरले मिस पर्सनालिटीको टाइटलसमेत पाइन् । उनले नगद ४५ हजार रुपैयासहित क्राउन, काठमाडौंको लिटिल एन्जल कलेजमा स्नात्तक पढ्ने अवसर प्राप्त गरेकी छन् । फष्ट रनरअप विलमले मिस डिसिप्लिनसमेतको टाइटल जित्दै नगद २५ हजार रुपैयासहित डिपो आर्दश क्याम्पसमा चारवर्षे स्नात्तक तहको अध्यापनको मौका प्राप्त गरिन् । सेकेण्ड रनर अप बनेकी आरतीले मिस ट्यालेन्टको टाइटलसँगै १५ हजार रुपैयासहित मेघा कलेजमा चारवर्षे स्नात्तक तह पढ्ने अवसर प्राप्त गरेको मिडिया संयोजक बिकास राईले बताए ।
टाइटल तर्फ मिस फ्रेण्डसिप जानुका राई, मिस व्युटिफुल र वेष्ट ड्रेसअप सिसम गुरुङ, मिस फोटोजेनिक ममता राई, मिस स्माइल मुना राई, वेष्टवर्क बसन्ती तामाङले जितेका छन् । प्रतियोगितामा मिस नेपाल २००० की उषा खड्गी, राष्ट्रिय गायकका लेखक कवि प्रदीपकुमार राई ‘ब्याकुल माइला’, डिआइजी ज्ञानेन्द्रबिक्रम साह, बीपी प्रतिष्ठानका सहायक अस्पताल निर्देशक पप्पू रिजाल, इजी राइडर्सका लोक खापुङहाङले निर्णायक रहेका थिए ।