धनकुटा/ उच्च अदालत विराटनगर धनकुटा इजलासले आ.व.०७३/०७४ मा प्रदान गरेको सेवा तथा मुद्धा फर्छौट र व्यावस्थापकिय कार्यको प्रगती विहिवार पत्रकार सम्मेलन आयोजना गरेर सार्वजानिक गरेको छ ।

पत्रकार सम्मेलनमा वोल्नु हँदै धनकुटा इजलासका मुख्य न्यायधिस उमेशकुमार सिंहले पछिलो समयमा उच्च अदालतमा सरकारवादी फैजदारी मुद्धा वढी मात्रामा आउने गरेको वताएका छन् । जसमा अपराधिक प्रकृतिका घट्ना वढी भएको पनि न्यायधिस सिंहले स्पष्ट पार्नु भएको छ । साथै कार्य सम्पादनमा धनकुटा इजालास देशकै पहिलो अदालत भएको पनि जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा वितरित प्रेश वक्तव्यमा आ.व.०७३/०७४ का लागी आ.व.०७२/०७३ मा ७२ वटा मुद्धा जिम्मेवारीमा सरि आएकोमा आ.व.०७३/०७४ मा २ सय ६४ थान मुद्धा दर्ता भै ३ सय ६६ वटा मुद्धाको लगत कायम भएको उल्लेख गरिको छ । आ.व.०७३/०७४ मा धनकुटा इजालासले तयार गरेको वार्षिक कार्य योजनानुसार ७५ प्रतिसत मुद्धा फर्छौट गर्ने लक्ष्य राखिएकोमा लगत कायम भएका ३ सय ३६ थान मुद्धा मध्ये २ सय ८७ थान अर्थात ८५.४१ प्रतिसत अथार्त लक्ष्य भन्दा १०.४१ प्रतिसत मुद्धा फर्छौट गर्न सफल भएको छ ।

त्यसैगरी आ.व.०७३/०७४ मा जम्मा ३६ थान निवेदन दर्ता भएकोमा सत्प्रतिसत मुद्धा फर्छौट भएको वताइएको छ । चालु आ.व.०७४/०७५ मा ९ महिना देखी १ वर्ष भित्रमा ३ थान, ९ महिना भित्रका ४६ थान गरि ४९ थान मुद्धा जिम्मेवारी सरी आएको र एक वर्ष भाका नागेको मुद्धा एउटा पनि नरहेको जानकारी दिइएको छ । आ.व.०७४/०७५को श्रावण र भाद्र महिनाको २७ गतेसम्ममा जम्मा ५१ थान नयाँ मुद्धा दर्ता भएका छन् । जसमा १६ थान मुद्धा फर्छौट भै सकेको र जिम्मेवारी सरि आएकोसंग जम्मा फर्छौट गर्न ८४ थान मुद्धा मात्र वाँकी रहेको उल्लेख छ । त्यसैगरी आ.व.०७४/०७५ मा धनकुटा इजलासले ७५ प्रतिशत मुद्धा फर्छौट गर्ने लक्ष्य राखेको जनाएको छ ।

जस अन्तर्गत सवै भन्दा वढी सरकारवादी फौजदारी मुद्धा ५७ वटा, दुनियाँवादी मुद्धा ९ वटा, दुनियावादी नेवानी मुद्धा १३ वटा, रित निवेदन २० वटा, सहदात् १ रहेकामा सरकारवादी फौजदारी मुद्धा १४ वटा फर्छौट भै ४३ वटा वाँकी रहेको, दुनियाँवादी १३ वटामा १ वटा फर्छौट १२ वटा वाँकी, रिटनिवेदन २० वटामा १ वटा फर्छौट भै १९ वटा वाँकी र सहदात् १ मा १ नै वाँकी रहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

धनकुटा इजलासले आफ्नो सेवा तथा व्यावस्थापकिय कार्यलाई सेवाग्राही माँझ सरलकृत गर्नको लागी विभिन्न सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । जसमा अदालतले हाल संचालन गर्दै आएको सेवाहरु मध्ये अनलाईन सेवा निक्कै प्रभावकारी भएको न्यायधिश जनक पाण्डेले वताएका छन् । उनले अदालतमा निवेदन दिएको १ घण्टा भित्रमा कार्यसम्पादन गर्ने गरि व्यावस्था गरिएको, जसमा गुज्रेको तारिख थामी पाउँ, सम्पति रोक्का गरि पाउँ, रोक्का रहेको सम्पती फुकुवा गरि पाउँ, नक्कल पाउँ लगायतका निवेदनहरु, वारेसनामा, सकारनामा सम्वन्धि कार्यहरु, मिलापत्र गरि पाउँ, पुनरावेदन दर्ता, मुद्धा फिर्ता, तामेली राखी पाउँ लगायतका रहेको छन् ।

उच्च अदालत धनकुटा इजलासका मुख्य न्यायधिश उमेश कुमार सिंहको अध्यक्षतमा सम्पन्न पत्रकार सम्मेलनमा न्यायधिश जनक पाण्डे, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायत स्थानिय संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन धनकुटा इजलासका सहायक रजिष्टार शंम्भु भुजेलले गरेका थिए ।