धरान/संबिधान दिवसको अवसरमा धरान उपमहानगरपालीका मेयर तारा सुब्बाले शुभकामना सन्देश जारी गरेका छन् ।संबिधान दिवसको अवसरमा शुभकामना सन्देश जारि गर्दे मेयर तारा सुब्बाले संबिधान कार्यान्वयनसँगै देशमा आर्थिक बिकास र संबृद्धिको अभियान सुरु हुनेमा विश्वास ब्यक्त गरेका छन् ।

नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन,सामाजिक बिभेद अन्त्य गर्न साथै मुलकमा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनाकालागि जीबन उत्सर्ग गर्ने शहिदको सपना पुरा गर्न राष्ट्रिय एकता कायम गरेर अगाडि बढ्नु पर्ने आबश्यक्ता समेत उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।