धरान/धरान उप महानगरपालीकाका नगर प्रमुख तारा सुब्बाले धराने जनताको शिर निचो हुने गरि कुनै पनि कार्य नहुने बताएका छन् ।

संबिधान दिवसको अवसरमा धरान उपमहानगरपालीकाल ेआयोजना गरेको बिषेश कार्यक्रममा बोल्दै नगर प्रमुख तारा सुब्बाले धरानको बिकास र संबृद्धिका लागि सकारात्मक सोच को बिकाश गरेर अगाडि बढ्नु पर्ने आबश्यक्ता रहेको भन्दै उनल कुनै पनि योजनाको बारेमा बिरोध गर्नु पहिले त्यसको वास्तबिकता बुझ्नु पर्ने बताए ।

बिकासका आयोजनाहरु जनताको हितमा भएनन् भने भने लोकतान्त्रिक बिधिबाट खबरदारी गर्न पनि उनले आग्रह गरे ।कार्यक्रममा बोल्दै वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती प्राडा राजकुमार रौनियारले वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको सम्पती भएको भन्दै उनले स्थानिय सरकारसँग सहकार्य गरेर प्रतिष्ठान लाइ थप बिकास गर्ने र एसियाको उत्कृष्ठ स्वास्थ्य केन्द्रको रुपमा बिकास गर्ने बताए ।

राजनैतिक दलको तर्फबाट बोल्दै एमाले जिल्ला कमिटी सुनसरीका सचिवालय सदस्य तथा धरान इन्चार्ज प्रदिप भण्डारीले अब बिकास र संबृद्धिका लागि स्थानिय सरकारले पुर्ण प्रतिबद्ध भएर काम गर्ने विश्वास ब्यक्त गरे ।कार्यक्रममा बोल्दै नेपाली काङग्रेसका नगर सभापती तिलक राईले संबिधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताए ।

स्थानिय सरकारहरु बनेपछि जनतामाअपेक्षाहरु बढेको भन्दै ती जनअपेक्षाहरुलाई सम्बोधन हुनेगरि नगर सरकारले कार्यक्रम ल्याउनेमा बिश्वास ब्यक्त गरे ।माओादी केन्द्रका धरान इन्चार्ज चोत्लुङले निकै लामो संघर्षपछि जनताले आफ्नो संबिधान पाएको भन्दै संबिधान अनुरुपनै स्थानिय सरकारहरु बनेको बताए ।

स्थानिय सरकारले जनताको विश्वासलाई जितेर अगाडि बढ्नु पर्ने उनको धारण थियो ।देशको बिकासका लागि प्रतक्ष्य निर्वाचित कार्यकारी राष्ट्रिपतीको पक्षमा आफ्नो दल रहेको उनले बताए । धरान उपमहानगरपालीका का कार्यकारी अधिकृत बिष्णुप्रसाद कोइरालाले राज्य र नागरिक दुबै बलियो हुनु पर्ने बताए ।

धरान उपमहानगरपालीकाको प्राङगणमा आयोजीत कार्यक्रममा सरकारी कार्यालय,संघिय प्रहरी इकाइका एसएसपी, सुनसरी उद्योग बाणिज्य सघका अध्यक्ष,पत्रकार,सहित वडाध्यक्ष,नगर कार्यपालीकाका सदस्य लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रममा उपप्रमुख मन्जु भण्डारीले स्वागत मन्तब्य राखेकी थिइन ।